लोकतान्त्रिक राज्य व्यवस्था एवं मूल्यपद्धतिको स्थापनाका लागि २००३

2017, November 15th, Wednesday

लोकतान्त्रिक राज्य व्यवस्था एवं मूल्यपद्धतिको स्थापनाका लागि २००३ साल देखि प्रारम्भ भएको नेपाली कांग्रेसको आन्दोलनको मूल बैचारिक आधार ग्रहण गर्दै २००७ सालको जनक्रान्तिद्धारा स्थापित लोकतान्त्रिक अधिकारको प्रयोगद्धारा वर्षौदेखि जरो गाडेर बसेको सामन्ती परिपाटी र संस्कारका विरूद्ध मुलुकलाई आर्थिक, सामाजिक क्रान्तिको बाटोबाट लोकतान्त्रिक एवं समतामूलक संस्कृतियुक्त राज्य व्यवस्थातर्फ लैजान जननायक बी. पी. कोइरालाको मूल प्रेरणामा २०१० कार्तिक १० गते नेपाल तरूण दलको गठन भएको हो ।नेपाली कांग्रेसले निर्दिष्ट गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको लक्ष्य अनुसार संवत् २०४६ सालको जनआन्दोलनले स्थापित गरेको मूल्य र पद्धतिको अभ्यास र अनुपालनका साथ शहिदहरुलाई स्मरण र सम्मान गर्दै नेपाली समाजलाई गरिबी, पछौटेपन एवं सामन्ति संस्कार र प्रवृत्तिबाट मुक्त गरी कुशल पुस्ता तयार गर्ने प्रयोजनले देशको तरूण शक्तिलाई संगठित रूपमा परिचान गर्न नेपाल तरुण दलको महत्वपूर्ण भूमिका रहेको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया