संस्थाको निर्देशिका

संस्थाको निर्देशिका

प्रस्तावना :

नेपाल तरुण दलका सबै तहका अधिवेशन र निर्वाचनलाई व्यवस्थित गर्न नेपाल तरुण दलको अधिवेशन तथा निर्वाचन निर्देशिका २०५७, २०६१ र २०६९ मा संशोधन गरि नेपाल तरुण दलको अधिवेशन तथा निर्वाचन निर्देशिका संशोधन २०६९ लागु गरिएको छ ।

परिच्छेद १
प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ :

क) यो निर्देशिकाको नाम नेपाल तरुण दलको अधिवेशन तथा निर्वाचन निर्देशिका २०६९ रहने छ ।
ख) यो निर्देशिका केन्द्रीय समितिले तोकेका मितिबाट लागु हुनेछ ।

२. परिभाषा :

विषय या प्रसंगले अर्को अर्थ नलागेमा
क) “निर्देशिका” भन्नाले नेपाल तरुण दलको अधिवेशन तथा निर्वाचन निर्देशिका २०६९ भन्ने बुझाउने छ ।
ख) ”निर्वाचन समिति” भन्नाले नेपाल तरुण दलको केन्द्रीय समितिले गठन गरेको निर्वाचन समिति बुझाउने छ ।
ग) “केन्द्रीय प्रतिनिधि” भन्नाले जिल्लास्तरिय र अंचल समिति अधिवेशन तथा निर्वाचन सम्पन्न गर्न खटिएको व्यक्ति भन्ने बुझाउने छ ।
घ) क्षेत्रिय अधिवेशन
ङ) “निर्वाचन प्रतिनिधि” भन्नाले जिल्ला अन्तर्गत दलका विभिन्न निकायका लागि अधिवेशन तथा निर्वाचन सम्पन्न गर्न खटिएको व्यक्ति भन्ने बुझाउने छ ।
च) “अधिवेशन प्रतिनिधि ” भन्नाले दलका विभिन्न निकायका अधिवेशन प्रतिनिधि भन्ने बुझाउने छ ।
छ) “मतदाता” भन्नाले दलका विभिन्न निकायका अधिवेशन प्रतिनिधि भन्ने बुझाउने छ ।
ज) “उम्मेदवार” भन्नाले दलका विभिन्न निकायका पदका लागि हुने निर्वाचनको १८–४५ वर्ष उमेर समुहका उम्मेदवार भन्ने बुझाउने छ ।
झ) “तोकिएको बमोजिम” भन्नाले केन्द्रीय समिति, केन्द्रीय कार्यालय, केन्द्रीय प्रतिनिधि वा निर्वाचन प्रतिनिधिले निर्णय गरेबमोजिम भन्ने बुझाउने छ ।

परिच्छेद २

३. अधिवेशन र महाधिवेशन

नेपाल तरुण दलको विधान बमोजिम तरुण दलको
क) गाउँ अधिवेशन
ख) नगर वडा अधिवेशन
ग) नगर अधिवेशन
घ) क्षेत्रीय अधिवेशन
ङ) जिल्ला अधिवेशन
च) अंचल समिति गठन
छ) विदेश शाखा अधिवेशन
ज) महाधिवेशन सम्पन्न हुनेछ ।

परिच्छेद ३

४. गाउँ अधिवेशन

दलको विधान अनुसार निम्न प्रकृया अवलम्बन गरि गाउँ अधिवेशन सम्पन्न गरिनेछ ।
क) गाउँ अधिवेशन सम्पन्न गर्न दलको केन्द्रीय कार्यालय र केन्द्रीय निर्वाचन समितिको सुझाव र समन्वयमा जिल्ला कार्यालयले निर्वाचन प्रतिनिधि तोक्ने छ ।
ख) अधिवेशन प्रतिनिधि –
विधानको धारा ६ को उपधारा २ बमोजिम, गाउँ अधिवेशन प्रतिनिधि हुने छन ।
ग) गाउँ अधिवेशनको सातदिन अगावै जिल्लाले अनुसूची –१(क) बमोजिमको गाउँ अधिवेशन प्रतिनिधि नामावली जारी गर्नु पर्ने छ ।
घ) अनूसुची – १(क) बमोजिमको जारी गरिएको प्रतिनिधि नामावलीमा त्यस गाउँका दलका सदस्यले अनुसूची – ५ बमोजिम तोकिएको मिति र समय भित्र दावी विरोध गर्न सक्ने छन ।
ङ) दावी विरोधमा छानविन गरि निर्वाचन प्रतिनिधिले अधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गर्ने छन ।
च) निर्वाचन प्रतिनिधिले प्रकाशन गरेको अधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली नै उक्त अधिवेशनको निर्वाचनमा मतदाता हुनेछन ।
छ) विधानको धारा ६ उपधारा २ बमोजिम उक्त अधिवेशनका प्रतिनिधि मध्ये दलको पूर्णसदस्यहरु मात्र उम्मेदवार बन्न पाउने छन ।
ज) अनुसूचि – ६(क) बमोजिमको फारम भरि गाउँ अध्यक्ष–१, उपाध्यक्ष–१, सचिव–१ र कोषाध्यक्ष–१ साथै जिल्ला अधिवेशन प्रतिनिधिको उम्मेदवार बन्न सक्ने छन ।
झ) अनुसूचि – ९ बमोजिम उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
ञ) अनुसूचि –१० बमोजिम फारम भरि तोकिएको समयभित्र आफनो उम्मेदवारी फिर्ता लिन सकिने छ ।
ट) अनुसूचि –११ बमोजिम उम्मेदवार उपर प्रमाण सहित दावी विरोध गर्न सकिने छ ।
ठ) अनूसुचि –१२ बमोजिमको फारममा निर्वाचन प्रतिनिधिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ ।
ड) मतपत्र अनूसुचि –१५ बमोजिमको हुने छ ।
ढ) अनूसूचि –१६ बमोजिमको फारममा मतगणनाको विवरण तयार गरिनेछ ।
ण) निर्वाचनको परिणामको घोषणा निर्वाचन प्रतिनिधिले अनुसूचि –१७ अनुसार गर्ने छ ।
त) निर्वाचनमा विजयी व्यक्तिहरुलाई निर्वाचन प्रतिनिधिले अनुसूचि – १८ (क) बमोजिमको प्रमाण पत्र दिने छन ।
थ) निर्वाचन प्रतिनिधिले अनुसूचि – २०(क) बमोजिमको फारममा जिल्ला कार्यालयमा प्रतिवेदन पेश गर्ने छन ।

परिच्छेद ४

५. नगरवडा अधिवेशन

नगरवडा अधिवेशन भन्नाले नगरपालिकाको वडालाई जनाउने छ । दलको विधान अनुसार निम्न प्रकृया अवलम्बन गरि नगरवडा अधिवेशन सम्पन्न गरिनेछ ।
क) नगरवडा अधिवेशन सम्पन्न गर्न दलको जिल्ला कार्यालयले निर्वाचन प्रतिनिधि तोक्ने छ ।
ख) विधानको धारा ७ को उपधारा १ बमोजिम नगरवडा अधिवेशन प्रतिनिधि हुने छन ।
ग) नगरवडा अधिवेशनको सातदिन अगावै जिल्लाले अनूसूची –१(ख) बमोजिमको नगरवडा अधिवेशन प्रतिनिधि नामावली जारी गर्नु पर्ने छ ।
घ) अनूसुची –१(ख) बमोजिम, जारी प्रतिनिधि नामावलीमा त्यस वडाका दलका सदस्यले अनुसूची – ५ बमोजिमको ढाँचामा तोकिएको मिति र समयभित्र दावी विरोध गर्न सक्नेछन ।
ङ) दावी विरोधमा छानविन गरि निर्वाचन प्रतिनिधिले अधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गर्ने छन ।
च) निर्वाचन प्रतिनिधिले प्रकाशन गरेको अधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली नै उक्त अधिवेशनको निर्वाचनमा मतदाता हुनेछन ।
छ) विधानको धारा ७ उपधारा १ बमोजिम उक्त अधिवेशनका प्रतिनिधि मध्ये दलको पूर्णसदस्यहरु मात्र उम्मेदवार बन्न सक्ने छन ।
ज) अनुसुचि – ६(ख) बमोजिम फाराम भरी वडा अध्यक्ष–१, उपाध्यक्ष–१, सचिव–१ र कोषाध्यक्ष–१ साथै नगर अधिवेशन प्रतिनिधिको उमेदवार बन्न सक्ने छन् । खुला नगर प्रतिनिधि जिल्ला अधिवेशन प्रतिनिधि पनि रहने छ ।
झ) अनुसूचि – ९ बमोजिम उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
ञ) अनूसूचि –१० बमोजिम फारम भरि तोकिएको समयभित्र आफनो उम्मेदवारी फिर्ता लिन सकिने छ ।
ट) अनुसूचि –११ बमोजिम उम्मेदवार उपर प्रमाण सहित दावी विरोध गर्न सकिने छ ।
ठ) अनूसुचि १२ बमोजिमको फारममा निर्वाचन प्रतिनिधिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ ।
ड) मतपत्र अनूसुचि –१५ बमोजिमको हुने छ ।
ढ) अनूसूचि –१६ बमोजिमको फारममा मतगणनाको विवरण तयार गरिनेछ ।
ण) निर्वाचन परिणामको घोषणा निर्वाचन प्रतिनिधिले अनुसूचि –१७ अनुसार गर्ने छ ।
त) निर्वाचनमा विजयी व्यक्तिहरुलाई निर्वाचन प्रतिनिधिले अनुसूचि – १८(ख)बमोजिमको प्रमाण – पत्र दिने छन ।
थ) निर्वाचन प्रतिनिधिले अनुसूचि – २०(क) बमोजिमको फारममा जिल्ला कार्यालयमा प्रतिवेदन पेश गर्ने छन ।

परिच्छेद ५

६. नगर अधिवेशन

नगर अधिवेशन भन्नाले नगरपालिकालाई जनाउने छ । दलको विधान अनुसार निम्न प्रकृया अवलम्बन गरि नगर अधिवेशन सम्पन्न गरिनेछ ।
क) नगर अधिवेशन सम्पन्न दलको जिल्ला कार्यालयले निर्वाचन प्रतिनिधि तोक्ने छ ।
ख) विधानको धारा ८ को उपधारा १ बमोजिम नगर अधिवेशन प्रतिनिधि हुने छन ।
ग) नगर अधिवेशनको सातदिन अगावै जिल्लाले अनूसूची –१(ग) बमोजिमको नगर अधिवेशन प्रतिनिधि नामावली जारी गर्नु पर्ने छ ।
घ) अनूसुची –१(ग) बमोजिम जारी प्रतिनिधि नामावलीमा त्यस नगरका दलका सदस्यले अनुसूची ५ बमोजिमको ढाँचामा तोकिएको मिति र समयभित्र दावी विरोध गर्न सक्ने छन ।
ङ) दावी विरोधमा छानविन गरि निर्वाचन प्रतिनिधिले अधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गर्ने छन ।
च) निर्वाचन प्रतिनिधिले प्रकाशन गरेको अधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली नै उक्त अधिवेशनको निर्वाचनमा मतदाता हुने छन ।
छ) अनुसूचि – ६(ग) बमोजिमको फारम भरि नगर अध्यक्ष–१,उपाध्यक्ष–१,सचिव–१ र कोषाध्यक्ष–१ साथै जिल्ला अधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बन्न सक्ने छन ।
ज) अनुसूचि – ९ बमोजिम उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
झ) अनूसूचि –१० बमोजिम फारम भरि तोकिएको समयभित्र आफनो उम्मेदवारी फिर्ता लिन सकिने छ ।
ञ) अनुसूचि –११ बमोजिम उम्मेदवार उपर प्रमाण सहित दावी विरोध गर्न सकिने छ ।
ट) अनूसुचि –१२ बमोजिमको फारममा निर्वाचन प्रतिनिधिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ ।
ठ) मतपत्र अनूसुचि –१५ बमोजिमको हुने छ ।
ड) अनूसूचि –१६ बमोजिमको फारममा मतगणनाको विवरण तयार गरिनेछ ।
ढ) निर्वाचनको परिणामको घोषणा निर्वाचन प्रतिनिधिले अनुसूचि –१७ अनुसार गर्ने छ ।
ण) निर्वाचनमा विजयी व्यक्तिहरुलाई निर्वाचन प्रतिनिधिले अनुसूचि – १८ (ख) बमोजिमको प्रमाण पत्र दिने छन ।
त) निर्वाचन प्रतिनिधिले अनुसूचि – २०(क) बमोजिम फारममा प्रतिवेदन पेश गर्ने छन ।

७. उपमहानगर वडा अधिवेशन

उपमहानगरवडा अधिवेशन भन्नाले उपमहानगरपालिकाको वडालाई जनाउने छ । दलको विधान अनुसार निम्न प्रकृया अवलम्बन गरि उपमहानगरवडा अधिवेशन सम्पन्न गरिनेछ ।
क) उपमहानगरवडा अधिवेशन सम्पन्न गर्न दलको जिल्ला कार्यालयले निर्वाचन प्रतिनिधि तोक्ने छ ।
ख) विधानको धारा ९ को उपधारा १ बमोजिम उमपहानगरवडा अधिवेशन प्रतिनिधि हुने छन ।
ग) उपमहानगरवडा अधिवेशनको सातदिन अगावै जिल्लाले अनूसूची –१(ख) बमोजिमको उपमहानगरवडा अधिवेशन प्रतिनिधि नामावली जारी गर्नु पर्ने छ ।
घ) अनूसुची –१(ख) बमोजिम जारी प्रतिनिधि नामावलीमा त्यस वडाका दलका सदस्यले अनुसूची – ५ बमोजिमको ढाँचामा तोकिएको मिति र समयभित्र दावी विरोध गर्न सक्नेछन ।
ङ) दावी विरोधमा छानविन गरि निर्वाचन प्रतिनिधिले अधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गर्ने छन ।
च) निर्वाचन प्रतिनिधिले प्रकाशन गरेको अधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली नै उक्त अधिवेशनको निर्वाचनमा मतदाता हुनेछन ।
छ) विधानको धारा ९ उपधारा २ बमोजिम, उक्त अधिवेशनका प्रतिनिधि मध्ये दलको पूर्णसदस्यहरु मात्र उम्मेदवार बन्न सक्ने छन ।
ज) अनुसुचि – ६(ख) बमोजिम फाराम भरी वडा अध्यक्ष–१, उपाध्यक्ष–१, सचिव–१ र कोषाध्यक्ष–१ साथै उपमहानगर अधिवेशन प्रतिनिधिको उमेदवार बन्न सक्ने छन् । खुला उपमहानगर प्रतिनिधि जिल्ला अधिवेशन प्रतिनिधि पनि रहने छ ।
झ) अनुसूचि – ९ बमोजिम उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
ञ) अनूसूचि –१० बमोजिम फारम भरि तोकिएको समयभित्र आफनो उम्मेदवारी फिर्ता लिन सकिने छ ।
ट) अनुसूचि –११ बमोजिम उम्मेदवार उपर प्रमाण सहित दावी विरोध गर्न सकिने छ ।
ठ) अनूसुचि –१२ बमोजिमको फारममा निर्वाचन प्रतिनिधिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ ।
ड) मतपत्र अनूसुचि –१५ बमोजिमको हुने छ ।
ढ) अनूसूचि –१६ बमोजिमको फारममा मतगणनाको विवरण तयार गरिनेछ ।
ण) निर्वाचन परिणामको घोषणा निर्वाचन प्रतिनिधिले अनुसूचि –१७ अनुसार गर्ने छ ।
त) निर्वाचनमा विजयी व्यक्तिहरुलाई निर्वाचन प्रतिनिधिले अनुसूचि – १८(ख) बमोजिमको प्रमाण – पत्र दिने छन ।
थ) निर्वाचन प्रतिनिधिले अनुसूचि – २०(क) बमोजिमको फारममा जिल्ला कार्यालयमा प्रतिवेदन पेश गर्ने छन ।

८. उपमहानगर अधिवेशन

उपमहानगर अधिवेशन भन्नाले उपमहानगरपालिकालाई जनाउने छ । दलको विधान अनुसार निम्न प्रकृया अवलम्बन गरि उपमहानगर अधिवेशन सम्पन्न गरिनेछ ।
क) उपमहानगर अधिवेशन सम्पन्न गर्न दलको जिल्ला कार्यालयले निर्वाचन प्रतिनिधि तोक्ने छ ।
ख) विधानको धारा १० को उपधारा १ बमोजिम उपमहानगर अधिवेशन प्रतिनिधि हुने छन ।
ग) उपमहानगर अधिवेशनको सातदिन अगावै जिल्लाले अनूसूची –१(ग) बमोजिमको उपमहानगर अधिवेशन प्रतिनिधि नामावली जारी गर्नु पर्ने छ ।
घ) अनूसुची –१(ग) बमोजिम जारी प्रतिनिधि नामावलीमा त्यस उपमहानगरका दलका सदस्यले अनुसूची – ५ बमोजिमको ढाँचामा तोकिएको मिति र समयभित्र दावी विरोध गर्न सक्ने छन ।
ङ) दावी विरोधमा छानविन गरि निर्वाचन प्रतिनिधिले अधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गर्ने छन ।
च) निर्वाचन प्रतिनिधिले प्रकाशन गरेको अधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली नै उक्त अधिवेशनको निर्वाचनमा मतदाता हुने छन ।
छ) अनुसूचि – ६(ग) बमोजिमको फारम भरि उपमहानगर अध्यक्ष–१, उपाध्यक्ष–१, सचिव–१, र कोषाध्यक्ष–१ साथै जिल्ला अधिवेशन र केन्द्रीय महाधिवेशन प्रतिनिधि–१ का लागि उम्मेदवार बन्न सक्ने छन ।
ज) अनुसूचि – ९ बमोजिम उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
झ) अनूसूचि –१० बमोजिम फारम भरि तोकिएको समयभित्र आफनो उम्मेदवारी फिर्ता लिन सकिने छ ।
ञ) अनुसूचि –११ बमोजिम उम्मेदवार उपर प्रमाण सहित दावी विरोध गर्न सकिने छ ।
ट) अनूसुचि –१२ बमोजिमको फारममा निर्वाचन प्रतिनिधिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ ।
ठ) मतपत्र अनूसुचि –१५ बमोजिमको हुने छ ।
ड) अनूसूचि –१६ बमोजिमको फारममा मतगणनाको विवरण तयार गरिनेछ ।
ढ) निर्वाचनको परिणामको घोषणा निर्वाचन प्रतिनिधिले अनुसूचि –१७ अनु सार गर्ने छ ।
ण) निर्वाचनमा विजयी व्यक्तिहरुलाई निर्वाचन प्रतिनिधिले अनुसूचि – १८ (ख) बमोजिमको प्रमाण पत्र दिने छन ।
त) निर्वाचन प्रतिनिधिले अनुसूचि – २०(क) बमोजिम फारममा प्रतिवेदन पेश गर्ने छन ।

९. महानगर वडा अधिवेशन

महानगरवडा अधिवेशन भन्नाले महानगरपालिको वडालाई जनाउने छ । दलको विधान अनुसार निम्न प्रकृया अवलम्बन गरि महानगर वडा अधिवेशन सम्पन्न गरिनेछ ।
क) महानगरवडा अधिवेशन सम्पन्न गर्न दलको जिल्ला कार्यालयले निर्वाचन प्रतिनिधि तोक्ने छ ।
ख) विधानको धारा ११ को उपधारा १ बमोजिम महानगरवडा अधिवेशन प्रतिनिधि हुने छन ।
ग) महानगरवडा अधिवेशनको सातदिन अगावै जिल्लाले अनूसूची –१(ख) बमोजिमको महानगरवडा अधिवेशन प्रतिनिधि नामावली जारी गर्नु पर्ने छ ।
घ) अनूसुची –१(ख) बमोजिम जारी प्रतिनिधि नामावलीमा त्यस महानगर वडाका दलका सदस्यले अनुसूची – ५ बमोजिमको ढाँचामा तोकिएको मिति र समयभित्र दावी विरोध गर्न सक्नेछन ।
ङ) दावी विरोधमा छानविन गरि निर्वाचन प्रतिनिधिले अधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गर्ने छन ।
च) निर्वाचन प्रतिनिधिले प्रकाशन गरेको अधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली नै उक्त अधिवेशनको निर्वाचनमा मतदाता हुनेछन ।
छ) विधानको धारा ११ उपधारा १ बमोजिम उक्त अधिवेशनका प्रतिनिधि मध्ये दलको पूर्णसदस्यहरु मात्र उम्मेदवार बन्न सक्ने छन ।
ज) अनुसुचि – ६(ख) बमोजिम फाराम भरी वडा अध्यक्ष–१, उपाध्यक्ष–१, सचिव–१ र कोषाध्यक्ष–१ साथै महानगर अधिवेशन प्रतिनिधिको उमेदवार बन्न सक्ने छन् । खुला महानगर प्रतिनिधि जिल्ला अधिवेशन प्रतिनिधि पनि रहने छ ।
झ) अनुसूचि – ९ बमोजिम उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
ञ) अनूसूचि –१० बमोजिम फारम भरि तोकिएको समयभित्र आफनो उम्मेदवारी फिर्ता लिन सकिने छ ।
ट) अनुसूचि –११ बमोजिम उम्मेदवार उपर प्रमाण सहित दावी विरोध गर्न सकिने छ ।
ठ) अनूसुचि –१२ बमोजिमको फारममा निर्वाचन प्रतिनिधिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ ।
ड) मतपत्र अनूसुचि –१५ बमोजिमको हुने छ ।
ढ) अनूसूचि –१६ बमोजिमको फारममा मतगणनाको विवरण तयार गरिनेछ ।
ण) निर्वाचन परिणामको घोषणा निर्वाचन प्रतिनिधिले अनुसूचि –१७ अनुसार गर्ने छ ।
त) निर्वाचनमा विजयी व्यक्तिहरुलाई निर्वाचन प्रतिनिधिले अनुसूचि – १८(ख)बमोजिमको प्रमाण – पत्र दिने छन ।
थ) निर्वाचन प्रतिनिधिले अनुसूचि – २०(क) बमोजिमको फारममा जिल्ला कार्यालयमा प्रतिवेदन पेश गर्ने छन ।

१०. महानगर अधिवेशन

महानगर अधिवेशन भन्नाले महानगरपालिकालाई जनाउने छ । दलको विधान अनुसार निम्न प्रकृया अवलम्बन गरि महानगर अधिवेशन सम्पन्न गरिनेछ ।
क) महानगर अधिवेशन सम्पन्न गर्न दलको जिल्ला कार्यालयले निर्वाचन प्रतिनिधि तोक्ने छ ।
ख) विधानको धारा १२ को उपधारा १ बमोजिम नगर अधिवेशन प्रतिनिधि हुने छन ।
ग) महानगर अधिवेशनको सातदिन अगावै जिल्लाले अनूसूची –१(ग) बमोजिमको महानगर अधिवेशन प्रतिनिधि नामावली जारी गर्नु पर्ने छ ।
घ) अनूसुची –१(ग) बमोजिम जारी प्रतिनिधि नामावलीमा त्यस महानगरका दलका सदस्यले अनुसूची ५ बमोजिमको ढाँचामा तोकिएको मिति र समयभित्र दावी विरोध गर्न सक्ने छन ।
ङ) दावी विरोधमा छानविन गरि निर्वाचन प्रतिनिधिले अधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गर्ने छन ।
च) निर्वाचन प्रतिनिधिले प्रकाशन गरेको अधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली नै उक्त अधिवेशनको निर्वाचनमा मतदाता हुने छन ।
छ) अनुसूचि –६(ग) बमोजिमको फारम भरि महानगर अध्यक्ष–१, उपाध्यक्ष–१, सचिव–१, र कोषाध्यक्ष–१ साथै जिल्ला अधिवेशन, केन्द्रीय महाधिवेशन प्रतिनिधि–१ र महिला केन्द्रीय महाधिवेशन प्रतिनिधि–१ का लागि उम्मेदवार बन्न सक्ने छन ।
ज) अनुसूचि – ९ बमोजिम उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
झ) अनूसूचि –१० बमोजिम फारम भरि तोकिएको समयभित्र आफनो उम्मेदवारी फिर्ता लिन सकिने छ ।
ञ) अनुसूचि –११ बमोजिम उम्मेदवार उपर प्रमाण सहित दावी विरोध गर्न सकिने छ ।
ट) अनूसुचि –१२ बमोजिमको फारममा निर्वाचन प्रतिनिधिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ ।
ठ) मतपत्र अनूसुचि –१५ बमोजिमको हुने छ ।
ड) अनूसूचि –१६ बमोजिमको फारममा मतगणनाको विवरण तयार गरिनेछ ।
ढ) निर्वाचनको परिणामको घोषणा निर्वाचन प्रतिनिधिले अनुसूचि –१७ अनुसार गर्ने छ ।
ण) निर्वाचनमा विजयी व्यक्तिहरुलाई निर्वाचन प्रतिनिधिले अनुसूचि – १८(ख) बमोजिमको प्रमाण पत्र दिने छन ।
त) निर्वाचन प्रतिनिधिले अनुसूचि – २०(क) बमोजिम फारममा प्रतिवेदन पेश गर्ने छन ।

११. क्षेत्रिय अधिवेशन

क्षेत्रिय अधिवेशन भन्नाले संसदीय क्षेत्रलाई जनाउने छ । दलको विधान अनुसार निम्न प्रकृया अवलम्बन गरि क्षेत्रिय अधिवेशन सम्पन्न गरिनेछ ।
क) क्षेत्रिय अधिवेशन सम्पन्न गर्न दलको जिल्ला कार्यालयले निर्वाचन प्रतिनिधि तोक्ने छ ।
ख) विधानको धारा १४ को उपधारा १ बमोजिम क्षेत्रिय अधिवेशन प्रतिनिधि हुने छन ।
ग) क्षेत्रिय अधिवेशनको सातदिन अगावै जिल्लाले अनूसूची –२ बमोजिमको क्षेत्रिय अधिवेशन प्रतिनिधि नामावली जारी गर्नु पर्ने छ ।
घ) अनूसुची – २ बमोजिम जारी प्रतिनिधि नामावलीमा त्यस क्षेत्रका दलका सदस्यले अनुसूची – ५ बमोजिमको ढाँचामा तोकिएको मिति र समयभित्र दावी विरोध गर्न सक्ने छन ।
ङ) दावी विरोधमा छानविन गरि निर्वाचन प्रतिनिधिले अधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गर्ने छन ।
च) निर्वाचन प्रतिनिधिले प्रकाशन गरेको अधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली नै उक्त अधिवेशनको निर्वाचनमा मतदाता हुने छन ।
छ) अनुसूचि – ७(क) बमोजिमको फारम भरि क्षेत्रिय अध्यक्ष–१, उपाध्यक्ष–१, सचिव–१, र कोषाध्यक्ष–१ साथै जिल्ला सदस्य–१ र केन्द्रीय महाधिवेशन प्रतिनिधि–१ का लागि उम्मेदवार बन्न सक्ने छन ।
ज) अनुसूचि – ९ बमोजिम उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
झ) अनूसूचि –१० बमोजिम फारम भरि तोकिएको समयभित्र आफनो उम्मेदवारी फिर्ता लिन सकिने छ ।
ञ) अनुसूचि –११ बमोजिम उम्मेदवार उपर प्रमाण सहित दावी विरोध गर्न सकिने छ ।
ट) अनूसुचि –१२ बमोजिमको फारममा निर्वाचन प्रतिनिधिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ ।
ठ) मतपत्र अनूसुचि –१५ बमोजिमको हुने छ ।
ड) अनूसूचि –१६ बमोजिमको फारममा मतगणनाको विवरण तयार गरिनेछ ।
ढ) निर्वाचनको परिणामको घोषणा निर्वाचन प्रतिनिधिले अनुसूचि –१७ अनुसार गर्ने छ ।
ण) निर्वाचनमा विजयी व्यक्तिहरुलाई निर्वाचन प्रतिनिधिले अनुसूचि – १८ (क) बमोजिमको प्रमाण पत्र दिने छन ।
त) निर्वाचन प्रतिनिधिले अनुसूचि – २०(ख) बमोजिम फारममा प्रतिवेदन पेश गर्ने छन ।

परिच्छेद ६

१२. जिल्ला अधिवेशन

दलको विधान अनुसार निम्न प्रकृया अवलम्बन गरि जिल्ला अधिवेशन सम्पन्न गरिनेछ ।
क) जिल्ला अधिवेशन सम्पन्न गर्न दलको केन्द्रीय कार्यालयले केन्द्रीय प्रतिनिधि तोक्ने छ ।
ख) विधानको धारा १६ को उपधारा १ बमोजिम जिल्ला अधिवेशन प्रतिनिधि हुने छन ।
ग) जिल्ला अधिवेशनको सातदिन अगावै केन्द्रले अनूसुची – २ बमोजिमको जिल्ला अधिवेशन प्रतिनिधि नामावली जारी गर्नु पर्ने
छ ।
घ) अनूसुची – २ बमोजिम जारी प्रतिनिधि नामावलीमा दलका सदस्यले अनुसूची ५ बमोजिमको ढाँचामा तोकिएको मिति र समयभित्र दावी विरोध गर्न सक्ने छन ।
ङ) दावी विरोधमा छानविन गरि केन्द्रीय प्रतिनिधिले अधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गर्ने छन ।
च) अनूसूची – २ बमोजिम जारी गरिएका अधिवेशन प्रतिनिधिहरुनै उक्त अधिवेशनको निर्वाचनमा मतदाता हुनेछन ।
छ) विधानको धारा १६ उपधारा १ बमोजिम उक्त जिल्ला अधिवेशनका प्रतिनिधि उम्मेदवार बन्न पाउने छन ।
ज) अनुसूचि – ७ (ख) बमोजिमको फारम भरि जिल्ला अध्यक्ष–१, उपाध्यक्ष–१, सचिव–१ र कोषाध्यक्ष–१ साथै केन्द्रीय पार्षद–१÷ महिला केन्द्रीय पार्षद–१÷महिला (खुला÷समावेसी) महाधिवेशन प्रतिनिधि–२÷समावेशी(आदिवासी÷जनजाति÷मधेसी) महाधिवेशन प्रतिनिधि–१÷दलित महाधिवेशन प्रतिनिधि–१ र आरक्षित(मुस्लीम÷अल्प संख्यक÷पिछडा वर्ग÷सहीद परिवार÷अपांग÷तेस्रो लिङ्गी) महाधिवेशन प्रतिनिधि–१ का लागि उम्मेदवार बन्न सक्ने छन ।
झ) अनुसूचि –९ बमोजिम उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
ञ) अनूसुचि –१० बमोजिम फारम भरि तोकिएको समयभित्र आफनो उम्मेदवारी फिर्ता लिन सकिने छ ।
ट) अनुसूचि –११ बमोजिम उम्मेदवार उपर प्रमाण सहित दावी विरोध गर्न सकिने छ ।
ठ) अनूसुचि –१२ बमोजिमको फारममा केन्द्रीय प्रतिनिधिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ ।
ड) मतपत्र अनूसूचि –१५ बमोजिमको हुने छ ।
ढ) अनुसूचि –१६ बमोजिमको फारममा मतगणनाको विवरण तैयार गरिनेछ ।
ण) निर्वाचनको परिणामको घोषणा केन्द्रीय प्रतिनिधिले अनुसूचि –१७ अनुसार गर्ने छ ।
त) निर्वाचनमा विजयी व्यक्तिहरुलाई निर्वाचन प्रतिनिधिले अनुसूचि – १८(क) बमोजिमको प्रमाण–पत्र दिने छन ।
थ) केन्द्रीय प्रतिनिधिले अनुसूचि – २०(ख) बमोजिम फारममा प्रतिवेदन पेश गर्ने छन ।

परिच्छेद –७

१३. अंचल समिति गठन

विधानको धारा २४ को उपधारा १४ र नियमावलीको नियम २१ मा व्यवस्था भएअनुसार अञ्चल इन्चार्ज केन्द्रीय सदस्यको संयोजकत्वमा आवश्यकता अनुसारको संख्यामा अञ्चल समितिको गठन गरिने छ ।
१) अञ्चल संयोजक केन्द्रीय सदस्य मध्येबाट हुनेछ ।
२) सम्बन्धित अञ्चलका जिल्ला अध्यक्षहरू सदस्य रहने छन् ।
३) अञ्चल संयोजकले केन्द्र्रीय अध्यक्षको सल्लाह र सहमतिमा तरुण दलका जिल्ला पदाधिकारी वा सदस्य र महाधिवेशन प्रतिनिधि मध्येबाट महिला, समावेशी, दलित र आरक्षित वर्ग समेतलाई समेटेर मनोनयन गर्नेछ ।

परिच्छेद ८

१४. विदेश शाखा अधिवेशन

निम्न प्रकृया अवलम्बन गरि विदेश शाखा अधिवेशन सम्पन्न गरिने छ ।
क) विदेश शाखा अधिवेशन सम्पन्न गर्न दलको केन्द्रीय कार्यालयले केन्द्रीय प्रतिनिधि तोक्ने छ ।
ख) प्रत्येक मुलुकमा रहेका दलका सबै पूर्णसदस्य सम्बन्धित विदेश शाखा अधिवेशनमा प्रतिनिधि हुने छन ।
ग) विदेश शाखा अधिवेशनको सातदिन अगावै केन्द्रीय कार्यालयले अनुसूचि – २ बमोजिम अधिवेशन प्रतिनिधि नामावली जारी गर्ने छ ।
घ) उक्त नामावली उपर अनूसुची – ५ बमोजिमको फारम अनुसार तोकेको मितिभित्र दावी विरोध गर्न सकिने छ ।
ङ) दावी विरोधमा छानविन गरि केन्द्रीय प्रतिनिधिले अधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्ने छ ।
च) अनूसुचि – २ बमोजिम प्रकाशन गरिएका विदेश शाखा अधिवेशन प्रतिनिधिहरु सो अधिवेशनका मतदाता हुने छन ।
छ) विदेश शाखा अधिवेशनका प्रतिनिधि मध्येबाट सम्बन्धित शाखा अध्यक्ष र महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बन्न सक्नेछन ।
ज) अनुसूचि – ७ (ग) बमोजिमको फारम भरि विदेश शाखा अध्यक्ष–१, महाधिवेसन प्रतिनिधि–१ र महिला महाधिवेशन प्रतिनिधि–१ का लागि उम्मेदवार बन्न सक्ने छन ।
झ) अनुसूचि –९ बमोजिम उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
ञ) अनूसुचि –१० बमोजिम फारम भरि तोकिएको समयभित्र आफनो उम्मेदवारी फिर्ता लिन सकिने छ ।
ट) अनुसूचि –११ बमोजिम उम्मेदवार उपर प्रमाण सहित दावी विरोध गर्न सकिने छ ।
ठ) अनूसुचि –१२ बमोजिमको फारममा केन्द्रीय प्रतिनिधिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ ।
ड) मतपत्र अनूसुचि –१५ बमोजिमको हुने छ ।
ढ) अनुसुचि –१६ बमोजिमको फारममा मतगणनाको विवरण तयार गरिने छ ।
ण) निर्वाचनको परिणामको घोषणा केन्द्रीय प्रतिनिधिले अनुसूचि –१७ अनुसार गर्ने छ ।
त) निर्वाचनमा विजयी व्यक्तिहरुलाई निर्वाचन प्रतिनिधिले अनुसूचि १८(ग) बमोजिमको प्रमाण पत्र दिने छन ।
थ) केन्द्रीय प्रतिनिधिले अनुसूचि – २० (ख) बमोजिम फारममा प्रतिवेदन पेश गर्ने छन ।

परिच्छेद ९

१५. महाधिवेशन

क) महाधिवेशनमा निर्वाचन सम्पन्न गर्न दलको केन्द्रीय समितिले निर्वाचन समिति गठन गर्नेछ ।
ख) विधानको धारा १८ को उपधारा २ बमोजिम महाधिवेशन प्रतिनिधि हुनेछन ।
ग) महाधिवेशनको ७ दिन अगावै केन्द्रीय कार्यालयले अनुसूचि – ३ बमोजिमको महाधिवेशन प्रतिनिधिको नामावली जारी गर्नु पर्नेछ ।
घ) अनूसुचि – ३ बमोजिम जारी प्रतिनिधि नामावलीमा दलका सदस्यले अनुसूची – ५ बमोजिमको ढाँचामा तोकिएको मिति र समयभित्र दावी विरोध गर्न सक्ने छन ।
ङ) दावी विरोधमा छानविन गरि निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गर्ने छ ।
च) अनुसूचि – ३ बमोजिम जारी गरिएका महाधिवेशन प्रतिनिधिहरु नै उक्त महाधि वेशनको निर्वाचनमा मतदाता हुने छन ।
छ) विधानको धारा १८ को उपधारा २ बमोजिम उक्त महाधिवेशनका प्रतिनिधि मध्ये उम्मेदवार बन्न सक्नेछन ।
ज) विधानको धारा २३ ले निर्देशित गरेअनुसार केन्द्रीय पदाधिकारी र सदस्यहरुको निर्वाचन देहाय बमोजिम हुने छ ।
अ) अनुसुचि – ८(क) बमोजिमको फाराम भरी केन्द्रीय अध्यक्षको उमेदवार बन्न सक्ने छन् ।
आ) अनुसुचि –८(ख) बमोजिमको फाराम भरी केन्द्रीय उपाध्यक्ष–१÷महासचिव–१÷कोषाध्यक्ष–१ को उमेदवार बन्न सक्ने छन् ।
इ) अनुसुचि – ८(ग) बमोजिमको फाराम भरी केन्द्रीय सदस्य(खुला÷अञ्चल) को लागि उमेदवार बन्न सक्ने छन् ।
ई) अनुसुचि –८(घ) बमोजिमको फाराम भरी समावेशी केन्द्रीय सदस्य (आदिवासी जनजाति÷मधेसी÷दलित÷आरक्षित) को उम्मेदवार बन्न सक्ने छन् ।
उ) अनुसुचि – ८(ङ) बमोजिमको फाराम भरी महिला(खुला÷आदिवासी जनजाति÷मधेसी÷दलित) केन्द्रीय सदस्यको उम्मेदवार बन्न सक्ने छन् ।
झ) अनुसूचि –९ बमोजिम निर्वाचन समितिले उम्मेदवारको नामावली प्रकाशन गर्ने छ ।
ञ) अनूसुचि –१० बमोजिम फारम भरि तोकिएको समयभित्र आफनो उम्मेदवारी फिर्ता लिन सकिने छ ।
ट) अनूसुचि –११ बमोजिमको फारम भरि उम्मेदवार उपर प्रमाण सहित दावी विरोध गर्न सकिने छ ।
ठ) अनूसुचि –१२ बमोजिमको फारममा निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ ।
ड) मतपत्र अनूसूचि –१५ बमोजिमको हुने छ ।
ढ) अनूसुचि –१६ बमोजिमको फारममा मतगणनाको विवरण तयार गरिनेछ ।
ण) निर्वाचनको परिणामको घोषणा निर्वाचन समितिले अनुसूचि –१७ अनु सार गर्ने छ ।
त) निर्वाचनमा विजयी व्यक्तिहरुलाई निर्वाचन समितिले अनुसूचि – १९ बमोजिमको प्रमाणपत्र दिने छन् ।
थ) निर्वाचन समितिले – २०(ग) बमोजिम महाधिवेशन सम्बन्धि प्रतिवेदन नेपाली काँग्रेसको केन्द्रीय कार्यालय समक्ष पेश गर्ने छ ।

परिच्छेद १०

१६. विविध

क) गोलाद्धारा निर्णय ः– दलको सबै तहका निर्वाचनमा कुनै पदको निर्वाचनको लागि मतदान गरिएका सबै मतपत्रहरुको गणना पछि दुई वा दुई भन्दा बढि उम्मेदवारहरुको प्राप्त मत संख्या बराबर भएमा निर्वाचन प्रतिनिधिले ÷ केन्द्रीय प्रतिनिधि ÷ निर्वाचन समितिले बराबर मत प्राप्त गर्ने उम्मेदवारहरुका बीच गोला हाली निर्णय गर्नु पर्ने छ ।
ख) दलका सबै तहका निर्वाचन प्रतिनिधि ÷केन्द्रीय प्रतिनिधि ले आफु खटिएको स्थानको निर्वाचनमा उम्मेदवार बन्न पाउने छैनन ।
ग) केन्द्रीय निर्वाचन समितिका पदाधिकारी सदस्यले दलको महाधिवेशनमा उम्मेदवार बन्न पाउने छैनन ।
घ) महाधिवेशनमा हुने केन्द्रीय निर्वाचनको काम कारवाहीको हकमा निर्वाचन समितिले गर्ने निर्णय अन्तिम हुनेछ ।
ङ) गाउँ, नगरवडा, नगर, उपमहानगर, महानगर र क्षेत्रिय तहको निर्वाचन विधान र यस निर्देशिकाको प्रकृया अन्तरगत नभएमा सम्बन्धित जिल्ला समिति समक्ष छानविनका लागि अपिल दिन सकिने छ ।
च) अधिवेशन ÷महाधिवेशनको निर्वाचन प्रकृयालाई व्यवस्थित गर्न केन्द्रीय प्रतिनिधि ÷ निर्वाचन समितिका संयोजकले मतदान अधिकृत ÷ मतगणना अधिकृत तथा अन्य सहयोगी नियुक्त गर्न सक्नेछन ।
छ) निर्वाचन निर्देशिकामा तोकिए बमोजिमको प्रकृया नपुगेको अवस्थामा वा विशेष परिस्थिति उत्पन्न भएमा नेपाल तरुण दलको निर्वाचन प्रतिनिधि÷केन्द्रीय प्रतिनिधि ले अर्को सुचना प्रकाशित नभए सम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गर्न सक्ने छ ।
ज) निर्देशिकामा दिइएको अनुसूचिमा विवरण थपघट गर्नु परेमा केन्द्रीय कार्यालय वा निर्वाचन समितिले आवश्यकतानुसार थपघट गर्न सक्नेछ ।
झ) नेपाल तरुण दलको गाउँ÷नगरवडा÷नगर÷उपमहानगर÷महानगर÷क्षेत्रिय÷जिल्ला अधिवेशन÷महाधिवेशन सम्पन्न गर्न खटिएका निर्वाचन प्रतिनिधि÷केन्द्रीय प्रतिनिधि÷निर्वाचन समितिका संयोजकले आवश्यकतानुसार अधिवेशन÷महाधिवेशन सम्बन्धि सुचना जारी गर्न सक्नेछ ।
ञ) यस निर्देशिकाको कुनै विषयमा बाधा अडकाउ उत्पन्न भएमा दलको केन्द्रीय सचिवालयको निर्णयबाट बाधा ÷ अडकाउ फुकाउन सकिने छ ।
ट) दलको विभिन्न तहको अधिवेशनमा उमेदवारहरुले नेपाली नागरिकता प्रमाण पत्रको फोटो कपि सहित आवेदन दिनु पर्ने छ । उमेदवारको उमेर सम्बन्धि निर्वाचन प्रतिनिधि वा समितिले आवश्यक छानविन गर्न सक्ने छ । छानविनका क्रममा नेपाली नागरिकताको सक्कल प्रमाणपत्रको साथै अन्य आवश्यक कागज पत्र अनिवार्य रुपले पेश गर्नु पर्नेछ ।
ठ) नेपाल तरुण दलको कुनै पनि तहका पदाधिकारी एवम सदस्यहरुले माथिल्लो तहको पदाधिकारी वा सदस्यको निमित्त अधिवेशनमा उमेदवारी दिएमा वा मनोनित भएमा तत्कालीन आफ्नो पदबाट पदमुक्त हुनेछन् ।

१७. मतदान केन्द्र

क) गाउँ, नगरवडा र नगर, उपमहानगर, महानगर र क्षेत्रिय अधिवेशनको हकमा जिल्लाले तोकेको निर्वाचन प्रतिनिधिले दलको सम्बन्धित निकायसंग समन्वय गरि मतदान केन्द्र तोक्नेछन ।
ख) जिल्ला अधिवेशनको हकमा केन्द्रले तोकेको केन्द्रीय प्रतिनिधिले दलको सम्बन्धित जिल्ला निकायसंग समन्वय गरि मतदान केन्द्र तोक्ने छ ।
ग) केन्द्रीय अधिवेशनको हकमा दलको केन्द्रीय समितिले गठन गरेको निर्वाचन समितिले सम्बन्धित निकायसंग समन्वय गरि मतदान केन्द्र तोक्ने छ ।

१८. बचाउ :

यो निर्देशिका लागु भएपछि यस अघि भए गरेका विभिन्न तहका अधिवेशन ÷ निर्वाचन यसै निर्देशिका बमोजिम भए गरेको मानिने छ ।

नोट : आरक्षित वर्ग भन्नाले मुस्लीम,अल्पसंख्यक,पिछडा वर्ग,सहिद परिवार,तेस्रो लिङ्गी,अपाङ्ग र सिमान्तकृतलाई बुझाउने छ ।