संस्थाको बिधान

नेपाल तरूण दलको विधान, २०१०
(२०५५, २०५८, २०६१, २०६४ र २०६९ मा संशोधन र परिमार्जन गरी मिलाइएको रूपमा)

प्रस्तावना

लोकतान्त्रिक राज्य व्यवस्था एवं मूल्यपद्धतिको स्थापनाका लागि २००३ सालदेखि प्रारम्भ भएको नेपाली कांग्रेसको आन्दोलनको मूल बैचारिक आधार ग्रहण गर्दै २००७ सालको जनक्रान्तिद्वारा स्थापित लोकतान्त्रिक अधिकारको प्रयोगद्वारा वर्षौँदेखि जरो गाडेर बसेको सामन्ती परिपाटी र संस्कारका विरूद्ध मुलुकलाई आर्थिक सामाजिक क्रान्तिको बाटोबाट लोकतान्त्रिक एवं समतामूलक संस्कृतियुक्त राज्य व्यवस्थातर्फ लैजान जननायक बी.पी. कोइरालाको मूल प्रेरणामा २०१० कार्तिक १० गते गठन भएको तरूण दलको गौरवपूर्ण ऐतिहासिक स्थापनालाई स्मरण गर्दै, नेपाली कांग्रेसले निर्दिष्ट गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको लक्ष्य अनुसार संवत् २०४६ सालको जनआन्दोलनले स्थापित गरेको मूल्य र पद्धतिको अभ्यास र अनुपालनका साथ शहीदहरूलाई स्मरण र सम्मान गर्दै नेपाली समाजलाई गरीबी, पछौटेपन एवं सामन्ती संस्कार र प्रवृत्तिबाट मुक्त गरी लोकतन्त्रलाई कुशलतापूर्वक सञ्चालन गर्न सक्ने पुस्ता तयार गर्ने प्रयोजनले देशको तरूण शक्तिलाई संगठित रूपमा परिचालन गर्न वि.सं. २०५४ कार्तिक ५, ६ र ७ गते नेपालगञ्जमा सम्पन्न नेपाली कांग्रेसको महासमितिको वैठकद्वारा पुनःस्थापित नेपाल तरूण दललाई कार्यकर्तामा आधारित ९ऋब्म्च्भ् द्यब्क्भ्० सशक्त, जुझारू, गतिशील तरूण संगठनका रूपमा अगाडि बढाउनका लागि नेपाली कांग्रेसद्वारा २०५४ मार्ग १९ गते जारी गरिएको नेपाल तरूण दलको अवधारणापत्रको मूल भावना अनुसार मिति २०५५ मार्ग १८ र १९ गते ललितपुरमा सम्पन्न दलको विधान अधिवेशनले नेपाल तरूण दलको विधान २०१० लाई पुनर्लेखन गरी २०५८ असोज ६–९ गते मकवानपुरको हेटौंडामा सम्पन्न नेपाल तरूण दलको द्वितीय राष्ट्रिय महाधिवेशनले पारित गरेको विधानलाई तेस्रो महाधिवेशन २०६१ जनकपुर एवं २०६४ भरतपुरको संसोधन समेतलाई ध्यानमा राख्दै मिति २०६९÷०६÷१५ गते सम्पन्न केन्द्रीय समितिको पूर्ण वैठकले दलको विधानलाई देहाय वमोजिम संशोधन सहित पारित गरेको छ ।

परिच्छेद १
प्रारम्भिक

१. नाम र प्रारम्भः

(१) यस विधानको नाम “नेपाल तरूण दलको विधान २०१० (२०६९ मा समेत संशोधन र परिमार्जन गरी मिलाइएको रूपमा)” रहनेछ र यसलाई अंग्रेजीमा ूल्भ्एब्ी त्ब्च्ग्ल् म्ब्ी(द्दण्ज्ञण्ू भनिनेछ ।
(२) नेपाल तरूण दल नेपाली कांग्रेसको तरूण भातृ संगठनको रूपमा रहनेछ ।
(३) नेपाल तरूण दलको सम्पूर्ण कार्य यसै विधानमा लेखिएअनुसार हुनेछ र यस विधानको पालना गर्नु प्रत्येक सदस्यको कर्तव्य हुनेछ ।
(४) यो विधान नेपाली कांग्रेस केन्द्रीय समितिबाट अनुमोदन भएको मितिदेखि प्रारम्भ हुनेछ ।

२. परिभाषाः विषय वा प्रसँगले अर्को अर्थ नलागेमा —

(१) “दल” भन्नाले नेपाल तरूण दललाई बुझाउनेछ ।
(२) “सचिवालय” भन्नाले नेपाल तरूण दलको केन्द्रीय सचिवालयलाई जनाउनेछ ।
(३) “कार्य समिति” भन्नाले केन्द्र, जिल्ला, क्षेत्र, नगर, गाउँ र नगर वडा कार्यसमितिलाई बुझाउनेछ ।
(४) “सदस्य” भन्नाले नेपाल तरूण दलको प्रारम्भिक एवं पूर्णकालीन सदस्यलाई बुझाउनेछ ।
(५) “निकाय” भन्नाले यस विधान अनुसार व्यवस्थित दलको कुनै पनि तह वा विभागलाई बुझाउनेछ ।
(६) “केन्द्र” भन्नाले केन्द्रीय कार्यसमिति एवं दलको केन्द्रीय कार्यालयलाई समेत बुझाउनेछ ।
(७) “विदेश शाखा” भन्नाले नेपाल राज्यबाहिर अन्य मुलुकमा खोलिएको मूल शाखालाई बुझाउनेछ ।
(८) “नियमावली” भन्नाले यस विधान बमोजिम केन्द्रीय समितिले बनाएको कार्य संचालन नियमावलीलाई बुझाउनेछ ।
(९) “तोकिएबमोजिम” भन्नाले नियमावलीमा व्यवस्था गरिएको कुरालाई र केन्द्रीय कार्यसमितिले निर्णय गरी जारी गरिएको परिपत्र समेतलाई बुझाउनेछ ।

परिच्छेद २
उद्देश्य

३. नेपाल तरूण दलको उद्देश्य देहाय बमोजिम हुनेछः

(१) राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरूण एकताप्रति प्रतिबद्ध रहने ।
(२) नेपाली समाजलाई सम्बृद्धि र आधुनिक समाजमा रूपान्तर गर्नका लागि स्वाभीमानी, कर्तव्यशील र परिश्रमी पुस्ताको जग बसाउने ।
(३) समाजमा विद्यमान सामाजिक कुरीति, सामन्ती सोचाई र संस्कार विरूद्ध संघर्ष गर्ने गराउने ।
(४) स्वतन्त्र, समुन्नत, भयमुक्त र समतामूलक समाजको निर्माण गर्ने गराउने ।
(५) विश्व शान्ति, भ्रातृत्व, प्रगति तथा अन्तर्राष्ट्रिय तरूण ऐक्यवद्धता र मैत्रीका निमित्त समर्पित रहने ।
(६) समान सिद्धान्त र विचारवाहक अन्तर्राष्ट्रिय संघ संस्थासँग सम्बन्ध विकसित गर्ने
गराउने ।
(७) नेपाली तरूणहरूको बौद्धिक, शारीरिक र भौतिक विकासका लागि प्रशिक्षण लगायतका आवश्यक कार्यक्रमहरू सञ्चालन गर्ने गराउने ।
(८) मुलुक निर्माणमा तरूण शक्तिलाई परिचालन गर्ने गराउने ।
(९) मानव अधिकार र जनअधिकारको रक्षार्थ संघर्षरत रहने ।
(१०) पर्यावरणीय संरक्षणका लागि प्रयत्नशील रहने ।
(११) कानूनी राज्यको अवधारणालाई मूर्तरूप दिने ।
(१२) अन्तर्राष्ट्रिय क्षेत्रमा हुने मानव अधिकार तथा प्रजातान्त्रिक आन्दोलनलाई समर्थन गर्ने ।
(१३) मुलुकमा शान्ति अमनचयन कायम गर्नका लागि प्रयत्नशील रहने ।
(१४) संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्थाप्रति समर्पित हुँदै बहुलवादमा आधारित वहुदलीय संसदीय शासन प्रणालीप्रति प्रतिबद्ध रहने ।
(१५) नेपाली कांग्रेसले अगालेका सिद्धान्त एवं नीतिप्रति प्रतिवद्ध रहने ।
(१६) देशको तरूण शक्तिको विदेश पलायनले मुलुकको समृद्धिमा नकरात्मक प्रभाव पार्दै गइरहेको सन्दर्भमा “देशको तरूण शक्ति देशकै लागि” भन्ने अभियान मार्फत् तरूणहरूका लागि देशभित्रै विभिन्न व्यवसाय गर्न तरूणहरूलाई उत्प्रेरित गर्ने गराउने ।
(१७) वर्तमान अवस्थामा देशको युवाहरूको ठूलो हिस्सा लागुऔषध लगायत दुव्र्यसनीको शिकार भइरहेकोले लागुऔषध र अन्य दुव्र्यसनीबाट युवाहरूलाई मुक्त पार्नका लागि दुव्र्यसनी अन्त्य अभियान सञ्चालन गर्ने गराउने ।

परिच्छेद ३
सदस्यता

४. सदस्यता प्राप्तिः

(१) नेपाल तरूण दलको विधानलाई स्वीकार गर्ने अठार वर्षदेखि पैतालीस वर्षसम्मका तरूणलाई केन्द्रीय समितिले सदस्यता प्रदान गर्न सक्नेछ ।
(२) नेपाल तरूण दलले प्रारम्भिक र पूर्णकालीन गरी दुई प्रकारका सदस्यता वितरण गर्नेछ ।
(३) नेपाल तरूण दलको सदस्य भए वापत केन्द्रीय कार्यसमितिले तोकेबमोजिमको शुल्क बुझाउनु पर्नेछ ।
(४) नेपाल तरूण दलका सदस्यले प्रत्येक वर्ष सदस्यता नवीकरण गर्नुपर्नेछ ।
(५) नेपाली कांग्रेसका सदस्य नेपाल तरूण दलको पनि सदस्य हुन सक्नेछन् । त्यसैगरी तरूण दलका सदस्य र पदाधिकारीहरू पनि नेपाली कांग्रेसका सदस्य हुन सक्नेछन् । तर नेपाली कांग्रेसका अन्य भातृसंस्थाका सदस्यले नेपाल तरूण दलको सदस्यता लिन चाहेमा अन्य भातृसंस्थाको सदस्यता परित्याग गर्नु पर्नेछ ।

५. सदस्यता समाप्तिः नेपाल तरूण दलको सदस्यता देहायबमोजिम समाप्त हुनेछः

(१) सदस्यता नवीकरण नगरेमा ।
(२) अनुशासनहीन काम कारबाही गरे गराएमा ।
(३) विधान विपरीतको काम गरे गराएमा ।
(४) राजीनामा स्वीकृत भएमा ।
(५) दल त्याग गरेमा ।
(६) मृत्यु भएमा ।

परिच्छेद ४
गाउँ, नगर वडा, नगर, क्षेत्र र जिल्ला कार्य समिति

६. गाउँ अधिवेशन र गाउँ कार्यसमितिको गठनः

(१) गाउँ कार्यसमिति गठन गर्ने प्रयोजनका लागि गाउँ विकास समितिको क्षेत्रलाई गाउँ अधिवेशनको क्षेत्र मानिनेछ ।
(२) नेपाल तरूण दलको देहाय बमोजिम प्रतिनिधि भएको गाउँ अधिवेशनको गठन हुनेछ ः
(क) गाउँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू
(ख) गाउँ विकास क्षेत्रभित्रका पूर्णकालीन सदस्यहरू
(३) उपदफा (२) बमोजिम गठित गाउँ अधिवेशनले पूर्णकालीन सदस्यहरु मध्येबाट गाउँ कार्यसमितिका लागि अध्यक्ष, उपाध्यक्ष एक, सचिव एक र कोषाध्यक्ष एक निर्वाचन
गर्नेछ । गाउँ कार्यसमितिका अध्यक्षले पूर्णकालिन सदस्यहरुमध्येबाट सहसचिव एक र महिला दुई, समावेशी दुई, दलित एक सहित दश सदस्य कार्यसमितिका लागि मनोनित गर्नेछ । गाउँबाट निर्वाचित जिल्ला अधिवेशन प्रतिनिधिहरु गाउँ कार्यसमितिका पदेन सदस्य हुनेछ ।

(४) उपदफा २ बमोजिम गठित गाउँ अधिवेशनले पूर्णकालिन सदस्य मध्येबाट देहाय बमोजिम जिल्ला अधिवेशन प्रतिनिधिहरुको निर्वाचन गर्नेछ ।
(क) महिला प्रतिनिधि एक ।
(ख) समावेशी प्रतिनिधि एक दलित सहित दुुई ।
(ग) खुल्ला प्रतिनिधि एक ।
(घ) गाउँ कार्यसमितिका अध्यक्ष ।

(५) गाउँ अधिवेशन सम्पन्न भएको मितिले तीन महिना भित्र गाउँ कार्यसमितिले आफू मातहतको वडामा पदाधिकारी सहित कम्तीमा सात सदस्यीय गाउँ वडा कार्यसमिति अनिवार्य रूपमा गठन गरिसक्नुपर्नेछ ।

७. नगर वडा अधिवेशन र नगर वडा कार्य समितिको गठनः

(१) नेपाल तरूण दलको निम्न प्रतिनिधि समावेश भएको नगरपालिका भित्रका वडा अधिवेशनको गठन हुनेछ ।
(क) वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू
(ख) नगर वडाभित्रका पूर्णकालीन सदस्यहरू
(२) उपदफा (१) बमोजिम गठित नगर वडा अधिवेशनले पूर्णकालीन सदस्यहरू मध्येबाट नगर वडा कार्यसमितिका लागि अध्यक्ष, उपाध्यक्ष एक, सचिव एक र कोषाध्यक्ष एक निर्वाचन गर्नेछ । कार्यसमितिका अध्यक्षले पूर्णकालिन सदस्यहरुमध्येबाट सहसचिव एक र महिला एक, समावेशी एक र दलित एक समावेश हुने गरी छ जना सदस्य कार्यसमितिका लागि मनोनित गर्नेछ । वडाबाट निर्वाचित नगर अधिवेशन प्रतिनिधि तथा जिल्ला अधिवेशन प्रतिनिधि वडा कार्यसमितिका पदेन सदस्य रहनेछन् ।
(३) उपदफा (१) बमोजिम गठित नगर वडा अधिवेशनले देहाय बमोजिम नगर अधिवेशन प्रतिनिधि निर्वाचन गर्नेछ ।
(क) महिला प्रतिनिधि एक ।
(ख) समावेशी प्रतिनिधि एक ।
(ग) खुल्ला प्रतिनिधि एक ।
(घ) नगर वडा कार्यसमितिका अध्यक्ष ।
(४) नगर वडा कार्यसमितिका अध्यक्ष र खुल्ला नगर अधिवेशन प्रतिनिधि नै जिल्ला अधिवेशन प्रतिनिधि हुनेछन् ।

८. नगर अधिवेशन र नगर कार्यसमितिको गठनः

(१) नेपाल तरूण दलको नगर अधिवेशनको गठन निम्नानुसार हुनेछ–
(क) नगर कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू,
(ख) नगरपालिका भित्रका वडा कार्यसमितिका अध्यक्षहरू
(ग) वडा अधिवेशनबाट छनौट भएका महिला एक, समावेशी एक र खुल्ला एक सहितका प्रतिनिधिहरू ।
(घ) अध्यक्षद्वारा मनोनित एक दलित सहित तीन जना प्रतिनिधिहरू ।
(२) उपदफा (१) बमोजिम गठित नगर अधिवेशनले नगर अधिवेशन प्रतिनिधिहरूमध्येबाट नगर कार्यसमितिका लागि अध्यक्ष, उपाध्यक्ष एक, सचिव एक र कोषाध्यक्ष एक निर्वाचन गर्नेछ । कार्यसमितिका अध्यक्षले नगर अधिवेशन प्रतिनिधिहरुमध्येबाट सहसचिव एक र कम्तिमा महिला दुई, समावेशी दुई र दलित एक सहित चौध सदस्य कार्यसमितिका लागि मनोनित गर्नेछ ।
(३) उपदफा (१) बमोजिम गठित नगर अधिवेशनले नगर अधिवेशन प्रतिनिधिहरुमध्येबाट देहाय बमोजिमको जिल्ला अधिवेशन प्रतिनिधिहरुको निर्वाचन गर्नेछ ।
(क) महिला प्रतिनिधि एक ।
(ख) समावेशी प्रतिनिधि एक दलित सहित दुई ।
(ग) खुल्ला प्रतिनिधि एक ।
(घ) नगर कार्यसमितिका अध्यक्ष ।

९. उपमहानगर वडा अधिवेशन र उपमहानगर वडा कार्यसमितिको गठनः

(१) नेपाल तरूण दलको निम्न प्रतिनिधि समावेश भएको उपमहानगरपालिका भित्रका वडा अधिवेशनको गठन हुनेछ ।
(क) वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू
(ख) उपमहानगर वडाभित्रका पूर्णकालीन सदस्यहरू
(२) उपदफा (१) बमोजिम गठित उपमहानगर वडा अधिवेशनले पूर्णकालीन सदस्यहरू मध्येबाट उपमहानगर वडा कार्यसमितिका लागि अध्यक्ष, उपाध्यक्ष एक, सचिव एक र कोषाध्यक्ष एक निर्वाचन गर्नेछ । कार्यसमितिका अध्यक्षले पूर्णकालीन सदस्यहरूमध्येबाट सहसचिव एक र कम्तिमा महिला एक, समावेशी एक र दलित एक समावेश हुने गरी छ जना सदस्य कार्यसमितिका लागि मनोनित गर्नेछ । वडाबाट निर्वाचित उपमहानगर अधिवेशन प्रतिनिधि तथा जिल्ला अधिवेशन प्रतिनिधि उपमहानगर वडा कार्यसमितिका पदेन सदस्य रहनेछन् ।
(३) उपदफा (१) बमोजिम गठित नगर वडा अधिवेशनले देहाय बमोजिम नगर अधिवेशन प्रतिनिधि निर्वाचन गर्नेछ ।
(क) महिला प्रतिनिधि एक ।
(ख) समावेशी प्रतिनिधि एक ।
(ग) खुल्ला प्रतिनिधि एक ।
(घ) उपमहानगर वडा कार्यसमितिका अध्यक्ष ।
(४) उपमहानगर वडा कार्यसमितिका अध्यक्ष र खुल्ला उपमहानगर अधिवेशन प्रतिनिधि नै जिल्ला अधिवेशन प्रतिनिधि हुनेछन् ।

१०. उपमहानगर अधिवेशन र उपमहानगर कार्यसमितिको गठनः

(१) नेपाल तरूण दलको निम्न प्रतिनिधि समावेश भएको उपमहानगर अधिवेशनको गठन हुनेछ–
(क) उपमहानगर कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू,
(ख) उपमहानगर वडा कार्यसमितिका अध्यक्षहरू,
(ग) वडा अधिवेशनहरुबाट निर्वाचित भएका महिला एक, समावेशी एक र खुल्ला एक सहित तीन जना प्रतिनिधिहरू,
(घ) अध्यक्षद्वारा मनोनित कम्तिमा एक दलित सहित पाँच जना प्रतिनिधिहरू ।
(२) उपदफा (१) बमोजिम गठित उपमहानगर अधिवेशनले उपमहानगर अधिवेशन प्रतिनिधिहरूमध्येबाट उपमहानगर कार्यसमितिका लागि अध्यक्ष, उपाध्यक्ष एक, सचिव एक र कोषाध्यक्ष एक निर्वाचन गर्नेछ । कार्यसमितिका अध्यक्षले अधिवेशन प्रतिनिधिहरुमध्येबाट सहसचिव एक र कम्तिमा महिला दुुई, समावेशी दुुई र दलित एक सहित सोह« सदस्य कार्यसमितिका लागि मनोनित गर्नेछ ।
(३) उपदफा (१) बमोजिम गठित उपमहानगर अधिवेशनले उपमहानगर अधिवेशन प्रतिनिधिहरुमध्येबाट देहाय बमोजिमको जिल्ला अधिवेशन प्रतिनिधिहरुको निर्वाचन
गर्नेछ ।
(क) महिला प्रतिनिधि दुई ।
(ख) समावेशी प्रतिनिधि एक दलित सहित दुई ।
(ग) खुल्ला प्रतिनिधि चार ।
(घ) उपमहानगर कार्यसमितिका अध्यक्ष ।
(४) उपमहानगर अधिवेशनले अध्यक्ष बाहेक प्रतिनिधिहरूमध्येबाट एक जना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नेछ ।

११. महानगर वडा अधिवेशन र महानगर वडा कार्यसमितिको गठनः

(१) नेपाल तरूण दलको निम्न प्रतिनिधि समावेश भएको महानगरपालिका भित्रका वडा अधिवेशनको गठन हुनेछ ।
(क) वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू
(ख) महानगर वडाभित्रका पूर्णकालीन सदस्यहरू
(२) उपदफा (१) बमोजिम गठित महानगर वडा अधिवेशनले पूर्णकालीन सदस्यहरूमध्येबाट महानगर वडा कार्यसमितिका लागि अध्यक्ष, उपाध्यक्ष एक, सचिव एक र कोषाध्यक्ष एक निर्वाचन गर्नेछ । कार्यसमितिका अध्यक्षले पूर्णकालीन सदस्यहरूमध्येबाट सहसचिव एक र कम्तिमा महिला दुुई, समावेशी दुुई र दलित एक समावेश हुने गरी दश जना सदस्य कार्यसमितिका लागि मनोनित गर्नेछन् । वडाबाट निर्वाचित महानगर अधिवेशन प्रतिनिधि तथा जिल्ला अधिवेशन प्रतिनिधि महानगर वडा कार्यसमितिका पदेन सदस्य रहनेछन् ।
(३) उपदफा (१) बमोजिम गठित महानगर वडा अधिवेशनले देहाय बमोजिम महानगर अधिवेशन प्रतिनिधि निर्वाचन गर्नेछ ।
(क) महिला प्रतिनिधि एक ।
(ख) समावेशी प्रतिनिधि एक दलित सहित दुुई ।
(ग) खुल्ला प्रतिनिधि दुुई ।
(घ) महानगर वडा कार्यसमितिका अध्यक्ष ।
(४) महानगर वडा कार्यसमितिका अध्यक्ष र खुल्ला महागनर अधिवेशन प्रतिनिधि नै जिल्ला अधिवेशन प्रतिनिधि हुनेछन् ।

१२. महानगर अधिवेशन र महानगर कार्यसमितिको गठनः

(१) नेपाल तरूण दलको निम्न प्रतिनिधिहरू समावेश भएको महानगर अधिवेशनको गठन हुनेछ–
(क) महानगर कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू,
(ख) महानगर वडा कार्यसमितिका अध्यक्षहरू,
(ग) वडा अधिवेशनबाट निर्वाचित भएका महिला एक, समावेशी दुुई र खुल्ला दुुई सहित पाँच जना प्रतिनिधिहरू,
(घ) अध्यक्षद्वारा मनोनित सात जना प्रतिनिधिहरू ।
(२) उपदफा (१) बमोजिम गठित महानगर अधिवेशनले महानगर अधिवेशन प्रतिनिधिहरू मध्येबाट महानगर कार्यसमितिका लागि अध्यक्ष, उपाध्यक्ष एक, सचिव एक र कोषाध्यक्ष एक निर्वाचन गर्नेछ । कार्यसमितिका अध्यक्षले सहसचिव एक र कम्तीमा महिला चार, समावेशी तीन र दलित एक सहित बीस सदस्य कार्यसमितिका लागि मनोनित गर्नेछ ।
(३) उपदफा (१) बमोजिम गठित महानगर अधिवेशनले महानगर अधिवेशन प्रतिनिधिहरुमध्येबाट देहाय बमोजिमको जिल्ला अधिवेशन प्रतिनिधिहरुको निर्वाचन
गर्नेछ ।
(क) महिला प्रतिनिधि तीन जना ।
(ख) समावेशी प्रतिनिधि एक दलित सहित तीन जना ।
(ग) खुल्ला प्रतिनिधि पाँच जना ।
(घ) महानगर कार्यसमितिका अध्यक्ष ।
(४) महानगर अधिवेशनले अध्यक्ष बाहेक प्रतिनिधिहरूमध्येबाट एक महिला सहित दुुई जना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नेछ ।

१३. गाउँ, नगर÷उपमहानगर÷महानगर वडा र नगर÷उपमहानगर÷महानगर अधिवेशन तथा कार्यसमितिको काम, कर्तव्य र अधिकारः

(१) सम्बन्धित तहको अधिवेशनले कार्यसमितिले पेश गरेका प्रस्ताव र प्रतिवेदन माथि छलफल गरी आवश्यक मूल्याङ्कन र निर्णय साथ कार्यसमितिलाई निर्देशन दिनेछ ।
(२) कार्यसमितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ –
(क) अधिवेशनद्वारा गरिएका निर्णयहरूलाई कार्यान्वयन गर्ने ।
(ख) दलको माथिल्लो निकायको निर्देशन पालना गर्ने र कार्यक्रमलाई कार्यान्वयन गर्ने, गराउने ।
(ग) दलका प्रारम्भिक एवं पूर्णकालीन सदस्यहरूको क्रियाकलापबारे माथिल्लो निकायमा नियमित प्रतिवेदन पठाउने ।
(घ) आवश्यकता अनुसार भेला, प्रशिक्षण, गोष्ठी, अनुगमन जस्ता कार्यक्रमको सञ्चालन गर्ने ।
(ङ) स्थानीय जनताका आवश्यकता र समस्याहरूको समाधानका लागि सक्रिय रूपले सहयोगात्मक भूमिका निभाउने ।
(च) नेपाली कांग्रेसको सम्बन्धित निकायसँग समन्वय कायम गर्दै नेपाली कांग्रेसलाई सहयोग पुग्ने खालका कार्यक्रमहरू गर्ने ।
(छ) पार्टीको सम्बन्धित निकायसँग समन्वय गरी रक्तदान, वृक्षारोपण, खेलकूद, सांस्कृतिक कार्यक्रम, सरसफाई आदि रचनात्मक कार्यक्रमहरू संचालन गर्ने गराउने ।

१४. क्षेत्रीय अधिवेशन र क्षेत्रीय कार्यसमितिको गठन ः

(१) प्रत्येक संसदीय निर्वाचन क्षेत्रबाट सम्बन्धित निर्वाचन क्षेत्रका जिल्ला अधिवेशनका प्रतिनिधिहरूको क्षेत्रीय अधिवेशन हुनेछ ।
(२) क्षेत्रीय अधिवेशनले क्षेत्र भित्रका जिल्ला अधिवेशन प्रतिनिधिहरुमध्येबाट क्षेत्रीय अध्यक्ष, उपाध्यक्ष एक, सचिव एक र कोषाध्यक्ष एक निर्वाचन गर्नेछ ।
(३) क्षेत्रीय अध्यक्षले सम्बन्धित संसदीय क्षेत्र भित्रका जिल्ला अधिवेशनका प्रतिनिधिहरू मध्येबाट सहसचिव एक र कम्तिमा महिला दुुई, दलित एक सहित समावेशी दुुई गरी चौध सदस्य कार्यसमितिका लागि मनोनित गर्नेछ ।
(४) क्षेत्रीय अधिवेशनले क्षेत्र भित्रका जिल्ला अधिवेशनका प्रतिनिधिहरुमध्येबाट एक जना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचन गर्नेछ ।
(५) क्षेत्रीय अधिवेशनले क्षेत्रभित्रका जिल्ला अधिवेशन प्रतिनिधिहरुमध्येबाट जिल्ला कार्यसमितिका लागि एक जना सदस्य निर्वाचन गर्नेछ ।
तर एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय अधिवेशन तथा क्षेत्रीय कार्यसमिति हुने छैन, जिल्ला अधिवेशन मात्र हुनेछ ।

१५. क्षेत्रीय कार्यसमितिको काम, कर्तव्य र अधिकार ः

(१) क्षेत्रीय अधिवेशनले गरेका निर्णयहरू कार्यान्वयन गर्ने गराउने ।
(२) माथिल्लो निकायका निर्देशन कार्यान्वयन गर्ने गराउने ।
(३) नेपाली कांग्रेसको सम्बन्धित निकायसँग समन्वय गर्दै नेपाली कांग्रेसलाई सहयोग पुग्ने खालका कार्यक्रमहरू गर्ने गराउने ।
(४) दलको उद्देश्य, नीति तथा कार्यक्रमहरूको व्यापक प्रचार प्रसार गर्ने गराउने ।
(५) आफ्नो मातहतका गाउँ, नगर, वडा कार्यसमितिहरू बीच समन्वय कायम गर्ने, सहयोग गर्ने निर्देशन दिने ।
(६) आवश्यकता अनुसार भेला, प्रशिक्षण, गोष्ठी, अन्तरक्रिया आदि कार्यक्रमहरू संचालन गर्ने गराउने ।
(७) पार्टीको सम्बन्धित निकायसँग समन्वय गरी रक्तदान, वृक्षारोपण, खेलकूद, सांस्कृतिक कार्यक्रम, सरसफाई आदि रचनात्मक कार्यक्रमहरू संचालन गर्ने गराउने ।

१६. जिल्ला अधिवेशन र जिल्ला कार्यसमितिको गठनः

(१) नेपाल तरूण दलको देहाय बमोजिमका प्रतिनिधि समावेश भएको जिल्ला अधिवेशनको गठन हुनेछ–
(क) जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू ।
(ख) नेपाल तरूण दल गाउँ अधिवेशन, नगर÷उपमहानगर÷महानगर वडा अधिवेशन र नगर÷उपमहानगर÷महानगर अधिवेशनबाट निर्वाचित भएका जिल्ला अधिवेशन प्रतिनिधिहरू ।
(ग) एक्काईस, पच्चीस र एकतीस सदस्यीय जिल्ला कार्यसमिति भएकोमा जिल्ला अध्यक्षले मनोनित गरेका क्रमशः तीन, पाँच र सात जना प्रतिनिधिहरू ।
(२) जिल्ला अधिवेशनले जिल्ला अधिवेशन प्रतिनिधिहरूमध्येबाट अध्यक्ष, उपाध्यक्ष एक, सचिव एक र कोषाध्यक्ष एक निर्वाचन गर्नेछ ।
(३) एक देखि तीन निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा अध्यक्षद्वारा जिल्ला अधिवेशन प्रतिनिधिहरुमध्येबाट मनोनित सहसचिव एक र कम्तिमा महिला दुुई, दलित एक सहित समावेशी दुुई गरी बढीमा सोह« सदस्य जिल्ला कार्यसमितिमा मनोनित गर्नेछ । त्यसरी सदस्य मनोनित गर्दा क्षेत्रीय सन्तुलनलाई ध्यान दिनु पर्नेछ ।
(४) चार देखि छ निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा अध्यक्षद्वारा जिल्ला अधिवेशन प्रतिनिधिहरुमध्येबाट मनोनित सहसचिव एक र कम्तिमा महिला तीन, दलित एक सहित समावेशी तीन गरी बढीमा बीस सदस्य जिल्ला कार्यसमितिमा मनोनित गर्नेछ । त्यसरी सदस्य मनोनित गर्दा क्षेत्रीय सन्तुलनलाई ध्यान दिनु पर्नेछ ।
(५) सात वा सो भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा अध्यक्षद्वारा जिल्ला अधिवेशन प्रतिनिधिहरुमध्येबाट मनोनित सहसचिव एक र कम्तिमा महिला चार, एक दलित सहित समावेशी चार गरी बढीमा छब्बीस सदस्य जिल्ला कार्यसमितिमा मनोनित गर्नेछ । त्यसरी सदस्य मनोनित गर्दा क्षेत्रीय सन्तुलनलाई ध्यान दिनु पर्नेछ ।
(६) जिल्ला अधिवेशनले जिल्ला अधिवेशन प्रतिनिधिहरुमध्येबाट केन्द्रीय महाधिवेशनका लागि देहाय अनुसारका प्रतिनिधिहरुको निर्वाचन गर्नेछ ।
(क) जिल्ला अध्यक्ष ।
(ख) केन्द्रीय पार्षद एक ।
(ग) केन्द्रीय महिला पार्षद एक ।
(घ) महिला महाधिवेशन प्रतिनिधि समावेशी एक सहित दुुई ।
(ङ) आदिवासी÷जनजाति÷मधेशी एक ।
(च) दलित एक ।
(छ) मुस्लिम÷अल्पसंख्यक÷पिछडा वर्ग÷सहीद परिवार÷अपाङ्ग÷तेस्रो लिङ्गी बाट एक ।

१७. जिल्ला अधिवेशन, जिल्ला कार्यसमिति, अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सचिवालयको काम, कर्तव्य र अधिकारः

(१) जिल्ला अधिवेशनले संगठन सम्बन्धी जिल्ला कार्यसमितिद्वारा प्रस्तावित प्रस्तावहरूका साथै समसामयिक विषयमा छलफल गरी जिल्ला कार्यसमितिलाई आवश्यक निर्देशन दिनेछ । यसका साथै अधिवेशनद्वारा पारित प्रस्तावहरूलाई प्रतिवेदनको रूपमा तयार पारी केन्द्रमा पठाउनेछ ।

(२) जिल्ला कार्यसमितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ –
(क) जिल्ला अधिवेशनले गरेका निर्णय र निर्देशनहरूको कार्यान्वयन गर्ने, गराउने ।
(ख) गाउँ÷नगर र क्षेत्रीय कार्यसमितिहरूका बीच समन्वय कायम गर्ने, आवश्यक सहयोग गर्ने, अनुगमन गर्ने र निर्देशन दिने ।
(ग) केन्द्रका निर्णय र निर्देशनहरूको पालना गर्ने, गराउने ।
(घ) दलको उद्देश्य, नीति, कार्यक्रम आदिको व्यापक प्रचार प्रसार गर्ने, गराउने ।
(ङ) समय समयमा गोष्ठी, प्रशिक्षण शिविर, श्रम शिविर, स्वास्थ्य शिविर आदि सञ्चालन गर्ने ।
(च) गाउँ÷नगर र क्षेत्रीय कार्यसमितिहरूको क्रियाकलापको लागि अनुगमन गर्ने, मूल्याङ्कन गर्नेछ ।
(छ) नेपाल कांग्रेस र नेपाल तरूण दलको महत्वपूर्ण अवसरमा रक्तदान, वृक्षारोपण, सरसफाई, खेलकूद, साँस्कृतिक कार्यक्रम जस्ता विभिन्न रचनात्मक कामको आयोजना गर्ने, गराउने ।
(ज) जिल्ला कार्यसमितिको कार्यलाई चुस्त दुरुस्त राख्नको लागि प्रचार प्रसार, प्रशिक्षण, सामाजिक तथा साँस्कृतिक, खेलकूद परिचालन, अनुगमन तथा मूल्याङ्कन अनुसन्धान समिति र केन्द्रले तोकेका अन्य समितिहरू समेत गठन गर्न सक्नेछ ।
(झ) दलको विधान र अनुशासन विपरित कार्य गर्ने आफ्ना मातहतका निकाय, पदाधिकारी र सदस्यलाई बढीमा तीन महिनाको लागि निलम्बन गरी कारबाहीका लागि सिफारिश गर्न सक्नेछ ।

(३) जिल्ला अध्यक्षको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ –
(क) दलको माथिल्लो निकायबाट प्राप्त नीति निर्देशन कार्यान्वयन गर्ने, गराउने ।
(ख) जिल्ला कार्यसमिति गठन गर्ने, कार्य विभाजन गर्ने र आवश्यकतानुसार हेरफेर गर्ने ।
(ग) तल्लो निकायहरूलाई नीति निर्देशन दिने र कार्यान्वयन गर्ने, गराउने ।
(घ) जिल्ला स्तरीय समितिहरूको संयोजक तथा सदस्यहरू तोक्ने ।
(ङ) जिल्ला अधिवेशन, कार्यसमिति र जिल्ला सचिवालयको अध्यक्षता गर्ने ।

(४)ं जिल्ला उपाध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजम हुनेछ —
(क) अध्यक्षको अनुपस्थितिमा कार्यवाहक अध्यक्ष भई जिम्मेवारी सम्हाल्ने ।
(ख) जिल्ला कार्यसमितिले दिएको जिम्मेवारी वहन गर्ने ।
(ग) अध्यक्षले तोकेको काम गर्ने ।

(५) जिल्ला सचिवको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ—
(क) जिल्ला कार्यसमिति तथा सचिवालयको निर्णय कार्यान्वयन गर्ने गराउने ।
(ख) जिल्ला कार्यालयको रेखदेख र संचालन गर्ने ।
(ग) दल सम्बन्धि कार्यमा अध्यक्षको निर्देशानुसार प्रतिनिधि खटाउने ।
(घ) जिल्ला कार्यसमितिमा अध्यक्षको सल्लाहले प्रतिवेदन तथा प्रस्ताव प्रस्तुत गर्ने ।
(ङ) दलको कागजपत्र सुरक्षित र व्यवस्थित गर्ने ।
(च) कार्यसमितिका निर्णयहरू प्रमाणित गर्ने ।
(छ) अध्यक्षको निर्देशनमा जिल्ला कार्यसमितिको बैठक बोलाउने ।

(६) जिल्ला कोषाध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ–
(क) दलको निम्ति आवश्यक आर्थिक स्रोत साधनको व्यवस्था गर्ने ।
(ख) दलको सम्पूर्ण आयव्ययको अद्यावधिक अभिलेख राख्ने ।
(ग) जिल्ला कार्यसमितिको निर्णयअनुसार बैंकमा दलको नाममा खाता खोल्ने र जिल्ला समितिको निर्णयअनुसार सञ्चालन गर्ने ।
(घ) दलका निम्ति प्राप्त हुने सदस्यता शुल्क, अनिवार्य शुल्क, मासिक सहयोग रकम र अन्य शुभेच्छुक र समर्थकबाट प्राप्त हुने रकम सङ्कलन गर्ने ।
(ङ) दलको विभिन्न कामको खर्चको लागि निर्णय अनुसार वितरण गर्ने र त्यसको हिसाब राख्ने ।
(च) दलको आर्थिक कारोबारको सम्बन्धमा प्रत्येक तीन महिनामा जिल्ला कार्यसमितिमा जानकारी दिने ।
(छ) वार्षिक लेखा परीक्षण गराई जिल्ला कार्यसमितिमा प्रस्तुत गर्नुपर्नेछ । उक्त लेखापरीक्षण गरेको कागजात पत्र केन्द्रीय कार्यसमितिमा वार्षिक रूपमा पेश गर्नुपर्नेछ ।

(७) जिल्ला सचिवालयको गठन, काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ–
(क) जिल्ला कार्यसमितिले जिल्ला अध्यक्षको अध्यक्षतामा पदाधिकारी सम्मिलित देहाय बमोजिमको जिल्ला सचिवालयको गठन गर्नेछ ।
(१) एक्काईस सदस्यीय कार्यसमिति भएको जिल्लामा नौँ जना ।
(२) पच्चीस सदस्यीय कार्यसमिति भएको जिल्लामा एघार जना ।
(३) एकतीस सदस्यीय कार्यसमिति भएको जिल्लामा तेह« जना ।

(ख) जिल्ला कार्यसमितिको एक बैठकपछि अर्को बैठक नबस्दासम्म कार्यसमितिले गर्ने कार्य जिल्ला सचिवालयले गर्ने छ । सो कार्यको अनुमोदन जिल्ला कार्यसमितिको लगतै बस्ने बैठकबाट गराउनु पर्नेछ ।

परिच्छेद ५
महाधिवेशन र केन्द्रीय परिषद्

१८. महाधिवेशनको गठनः

(१) महाधिवेशन नेपाल तरुण दलको सर्वोच्च अधिकार सम्पन्न निकाय हुनेछ । दलको महाधिवेशन केन्द्रीय कार्यसमितिले तोकेको मिति र स्थानमा प्रत्येक तीन वर्षमा हुनेछ ।
(२) महाधिवेशनको गठन देहायबमोजिम हुनेछ–
(क) केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू ।
(ख) प्रत्येक क्षेत्रीय अधिवेशनबाट निर्वाचित क्षेत्रीय अध्यक्ष एक ।
(ग) प्रत्येक क्षेत्रीय अधिवेशनबाट निर्वाचित खुल्ला महाधिवेशन प्रतिनिधि एक ।
(घ) प्रत्येक जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्ष एक ।
(ङ) प्रत्येक जिल्ला अधिवेशनबाट निर्वाचित केन्द्रीय पार्षद एक ।
(च) प्रत्येक जिल्ला अधिवेशनबाट निर्वाचित केन्द्रीय महिला पार्षद एक ।
(छ) प्रत्येक जिल्ला अधिवेशनबाट निर्वाचित समावेशी एक सहित महिला महाधिवेशन प्रतिनिधि दुुई ।
(ज) प्रत्येक जिल्ला अधिवेशनबाट निर्वाचित आदिवासी÷जनजाति÷मधेशी महाधिवेशन प्रतिनिधि एक ।
(झ) प्रत्येक जिल्ला अधिवेशनबाट निर्वाचित दलित महाधिवेशन प्रतिनिधि एक ।
(ञ) प्रत्येक जिल्ला अधिवेशनबाट निर्वाचित मुस्लिम÷अल्पसंख्यक÷पिछडा वर्ग÷शहीद परिवार÷अपाङ्ग÷तेस्रो लिङ्गीबाट महाधिवेशन प्रतिनिधि एक ।
(ट) प्रत्येक नगर, उपमहानगर र महानगर अधिवेशनबाट निर्वाचित नगर अध्यक्ष, उपमहानगर अध्यक्ष र महानगर अध्यक्ष एक–एक ।
(ठ) प्रत्येक उपमहानगर अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधि एक ।
(ड) प्रत्येक महानगर अधिवेशनबाट निर्वाचित कम्तिमा महिला एक सहित महाधिवेशन प्रतिनिधि दुई ।
(ढ) प्रत्येक विदेश शाखाका अध्यक्ष सहित महाधिवेशन प्रतिनिधि तीन ।
(ण) अध्यक्षबाट मनोनित महाधिवेशन प्रतिनिधि दश र केन्द्रीय पार्षद दश ।
(३) नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष र महासचिव केन्द्रीय महाधिवेशनको अध्यक्ष र महासचिव हुुनेछन् ।

१९. महाधिवेशनको काम, कर्तव्य र अधिकारः

(१) महाधिवेशनको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ –
(क) महाधिवेशनले विधानले तोकिएका विभिन्न पदहरुमा निर्वाचित गर्ने ।
(ख) दलको विधान संशोधन गर्ने ।
(ग) केन्द्रीय परिषद् र केन्द्रीय समितिद्वारा गरिएको काम कारबाही अनुमोदन गर्ने ।
(घ) केन्द्रीय समितिद्वारा प्रस्तावित विभिन्न प्रस्तावहरूमाथि छलफल गरी पारित गर्ने ।
(ङ) दीर्घकालीन महत्वका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सवालहरूमा दलको नीति निर्माण गर्ने ।
(२) महाधिवेशनले आफ्नो कतिपय अधिकार आवश्यकता बमोजिम केन्द्रीय परिषद्, केन्द्रीय समिति र केन्द्रीय अध्यक्षलाई प्रत्यायोजन गर्न सक्नेछ ।

२०. केन्द्रीय परिषद्को गठनः

(१) केन्द्रीय परिषद्को गठन निम्न बमोजिम हुनेछ–
(क) केन्द्रीय समितिका पदाधिकारी, सदस्य तथा कार्यालय सचिव ।
(ख) जिल्ला कार्यसमितिका अध्यक्षहरू ।
(ग) जिल्ला अधिवेशनद्वारा निर्वाचित केन्द्रीय पार्षद्हरू ।
(घ) केन्द्रीय अध्यक्षद्वारा मनोनित दश जना पार्षदहरू ।
(ङ) महानगर अध्यक्ष ।
(च) विदेश शाखाका अध्यक्षहरू ।
(२) केन्द्रीय अध्यक्ष र महासचिव केन्द्रीय परिषद्को समेत पदेन अध्यक्ष र महासचिव रहनेछन् ।

२१. केन्द्रीय परिषद्को बैठक र कार्य प्रणाली ः

(१) केन्द्रीय परिषद्को वैठक साधारणतया वर्षको एक पटक बस्नेछ । तर महाधिवेशन हुने वर्षमा भने केन्द्रीय परिषद्को बैठक हुने छैन ।
(२) केन्द्रीय समितिले आवश्यक ठानेमा केन्द्रीय परिषद्को विशेष बैठक बोलाउन सक्नेछ ।

२२. केन्द्रीय परिषद्को काम, कर्तव्य र अधिकारः

केन्द्रीय परिषद्ले एउटा महाधिवेशन समाप्त भई अर्को महाधिवेशन प्रारम्भ नहुँदासम्म अध्यक्षको निर्वाचन बाहेक महाधिवेशनको सम्पूर्ण कार्य गर्नेछ ।

परिच्छेद ६
केन्द्रीय कार्यसमिति र सचिवालय

२३. केन्द्रीय कार्यसमितिको गठनः नेपाल तरूण दल केन्द्रीय कार्यसमितिको गठन देहायबमोजिम हुनेछ –

(१) नेपाल तरुण दलको केन्द्रीय कार्यसमितिमा पदाधिकारी सहित बढीमा एकसठ्ठी जना सदस्य रहनेछन् ।
(२) महाधिवेशनका प्रतिनिधिहरूले महाधिवेशन प्रतिनिधिहरूमध्येबाट निर्वाचित गरेका केन्द्रीय कार्यसमितिका अध्यक्ष, उपाध्यक्ष एक, महासचिव एक र कोषाध्यक्ष एक ।
(३) महाधिवेशनका प्रतिनिधिहरूले महाधिवेशन प्रतिनिधिहरूमध्येबाट खुुल्ला निर्वाचित गरेका दश जना सदस्य ।
(४) महाधिवेशनका प्रतिनिधिहरूले प्रत्येक अञ्चलका महाधिवेशन प्रतिनिधिहरूमध्येबाट एक÷एक जना रहने गरी निर्वाचित गरेका चौध जना सदस्य ।
(५) महाधिवेशनका प्रतिनिधिहरूले महिला महाधिवेशन प्रतिनिधिहरूमध्येबाट निर्वाचित गरेका पाँच जना सदस्य ।
(६) महाधिवेशनका प्रतिनिधिहरुले आदिवासी÷जनजाति महाधिवेशन प्रतिनिधिहरुमध्येबाट निर्वाचित गरेका कम्तिमा एक महिला सहित चार जना सदस्य ।
(७) महाधिवेशनका प्रतिनिधिहरुले मधेशी महाधिवेशन प्रतिनिधिहरुमध्येबाट निर्वाचित गरेका कम्तिमा एक महिला सहित चार जना सदस्य ।
(८) महाधिवेशनका प्रतिनिधिहरुले दलित महाधिवेशन प्रतिनिधिहरुमध्येबाट निर्वाचित गरेका कम्तिमा एक महिला सहित दुुई जना सदस्य ।
(९) महाधिवेशनका प्रतिनिधिहरुले मुस्लिम÷अल्पसंख्यक÷पिछडा वर्ग÷शहीद परिवार÷तेस्रो लिंगी÷अपाङ्ग महाधिवेशन प्रतिनिधिहरुमध्येबाट निर्वाचित गरेका दुुई जना सदस्य ।
(१०) केन्द्रीय अध्यक्षले महाधिवेशन प्रतिनिधिहरूमध्येबाट मनोनित गरेका सोह« जना सदस्य ।
(११) केन्द्रीय अध्यक्षले केन्द्रीय कार्यसमितिका सदस्यहरूमध्येबाट दुुई सचिव मनोनित
गर्नेछन् ।

२४. केन्द्रीय कार्यसमितिको काम, कर्तव्य र अधिकारः

केन्द्रीय कार्यसमितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ–
(१) महाधिवेशन र केन्द्रीय परिषद्ले गरेका निर्णयहरू कार्यान्वयन गर्ने, गराउने ।
(२) महाधिवेशन केन्द्रीय परिषद्को बैठक नभएको बेला दलसँग सम्बन्धित विषयमा निर्णय गर्ने र पछि हुने केन्द्रीय परिषद् वा महाधिवेशनबाट अनुमोदन गराउने ।
(३) केन्द्रीय परिषद् र महाधिवेशनमा विभिन्न प्रस्तावहरू पेश गर्ने ।
(४) दलको आचारसंहिता पालन गराउने र अनुशासन कायम राख्ने ।
(५) आवश्यकतानुसार आयोग, समिति, उपसमिति, कार्यदल आदि गठन गर्ने र प्राप्त प्रतिवेदनहरू माथि आवश्यक छलफल गरी निर्णय लिने ।
(६) दलको विधान, उद्देश्य विपरितको काम कारबाही गरेमा आफ्नो मातहतको निकायलाई भंग गर्न सक्नेछ । तर भंग गर्नु अघि केन्द्रीय कार्यसमितिले समिति बनाई आवश्यक जाँचबुँझ गर्नु पर्नेछ ।
(७) विधान विपरितको काम कार्यबाही गर्ने कुनै पनि कार्यसमितिको सदस्य र पूर्णकालीन तथा प्रारम्भिक सदस्यलाई तोकिएको समितिको सिफारिशमा निलम्बन तथा निष्काशन गर्ने । तर निष्काशन गर्नु पूर्व निजलाई सफाईको मौका दिनु पर्नेछ ।
(८) नेपाल तरूण दलका सदस्यहरूले दलको विधान, नीति, नियम वा निर्देशन उल्लङ्घन गरेमा त्यस्ता सदस्यहरूलाई सदस्यताबाट निलम्बन र निष्काशन गर्ने । तर निष्कासन गर्नु पूर्व निजलाई सफाईको मौका दिइनेछ ।
(९) संगठनलाई चुस्त र दुरूस्त राख्न कार्यकर्ता प्रशिक्षण, स्कूल सञ्चालन एवं “तरूण” को प्रकाशन गर्ने ।
(१०) तरूणको वृत्ति विकासका लागि अध्ययन, अनुसन्धान गर्न देशविदेशमा पठाउन सक्नेछ ।
(११) प्रारम्भिक सदस्यता प्रदान गर्ने ।
(१२) प्रारम्भिक सदस्यको कामको मूल्याङ्कन गरी पूर्णकालीन सदस्यता प्रदान गर्ने ।
(१३) विदेश क्षेत्रमा शाखा र उपशाखा खोल्न अनुमति प्रदान गर्नेछ ।
(१४) अञ्चल इन्चार्जको मनोनयन गर्ने ।
(१५) उपत्यका समन्वयन कमिटिको मनोनयन गर्नेछ ।
(१६) आफ्नो अधिकार प्रत्यायोजन गर्न सक्नेछ ।
(१७) प्रत्येक दुई महिनामा केन्द्रीय समितिको बैठक बस्नेछ ।

२५. केन्द्रीय अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षको काम, कर्तव्य र अधिकारः

(१) अध्यक्षको काम, कर्तव्य र अधिकारः
(क) महाधिवेशन, केन्द्रीय परिषद् र केन्द्रीय कार्यसमितिको अध्यक्षता गर्ने र आवश्यक परे निर्णायक मत प्रदान गर्ने ।
(ख) दलको आदर्श, सिद्धान्त र मान्यतालाई उच्च राख्ने र राख्न लगाउनका साथै दललाई सशक्त र जुझारू संगठनका रूपमा सञ्चालनार्थ नेतृत्व प्रदान गर्ने ।
(ग) दलको तर्फबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आवश्यक प्रतिनिधित्व गर्ने वा गराउन लगाउने ।
(घ) दलको केन्द्रीय निकायहरूद्वारा भएका निर्णयहरूको कार्यान्वयन भए नभएको रेखदेख गर्ने र गर्न लगाउने ।
(ङ) दलमा तत्काल परिआएका कार्यहरू गर्ने र त्यसको जानकारी केन्द्रीय कार्यसमितिलाई दिने ।
(च) केन्द्रीय कार्यसमिति, केन्द्रीय परिषद् र महाधिवेशनका मनोनित सदस्य एवं पदाधिकारीहरूको आवश्यकता अनुसार हेरफेर गर्ने ।
(छ) केन्द्रीय विभाग वा अन्य केन्द्रीय निकायका प्रमुख एवं सदस्यहरूको मनोनयन एवं हेरफेर गर्नेछ ।
(ज) केन्द्रीय कार्यालयका लागि आवश्यक कर्मचारीको नियुक्ति तथा हेरफेर गर्ने ।
(झ) समितिका सदस्यको कामको मूल्याङ्कन, सुपरिवेक्षण र निर्देशन गर्ने ।
(ञ) आवश्यकतानुसार तोकिएबाहेक केन्द्रीय कार्यसमितिको बैठक बोलाउने ।
(ट) अध्यक्षले आफ्नो अधिकार प्रत्यायोजन गर्न सक्नेछ ।

(२) उपाध्यक्षको काम, कर्तव्य र अधिकारः
(क) अध्यक्षको अनुपस्थितिमा कार्यवाहक अध्यक्ष भई जिम्मेवारी सम्हाल्ने ।
(ख) उपाध्यक्षले अध्यक्षको काममा सहयोग गर्ने ।
(ग) अध्यक्षले तोकेको काम गर्ने ।
(घ) केन्द्रीय कार्यसमितिले तोकेको अन्य विविध काम गर्ने ।

(३) महासचिवको काम, कर्तव्य र अधिकारः
(क) महाधिवेशन, केन्द्रीय परिषद्, केन्द्रीय कार्यसमिति, सचिवालयको निर्णय कार्यान्वयन गर्ने, गराउने ।
(ख) दलको केन्द्रीय कार्यालय रेखदेख र सञ्चालन गर्ने ।
(ग) दलसँग सम्बन्धित गतिविधिबारे दलको निकायहरूमा आवश्यकतानुसार सूचना प्रवाहित गर्ने, दलको निर्णय तथा कार्यक्रमहरू कार्यान्वयन गर्ने, गराउने तथा सुपरिवेक्षण गर्ने, गराउने ।
(घ) दल सम्बन्धी कार्यमा अध्यक्षको निर्देशन अनुसार प्रतिनिधि खटाउने ।
(ङ) केन्द्रीय कार्यसमिति, केन्द्रीय परिषद् र महाधिवेशन प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने ।
(च) अध्यक्षको निर्देशनमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने ।
(छ) दलको कागजपत्र सुरक्षित र व्यवस्थित गर्ने ।
(ज) महाधिवेशन, केन्द्रीय परिषद्, केन्द्रीय कार्यसमिति र सचिवालयको निर्णय प्रमाणित गर्ने ।
(४) सचिवको काम, कर्तव्य र अधिकार ः
(क) महासचिवको अनुपस्थितिमा महासचिवको जिम्मेवारी सचिवले वहन गर्नु पर्नेछ ।
(ख) सचिवको अन्य काम, कर्तव्य र अधिकार अध्यक्षले तोकेबमोजिम हुनेछ ।

(५) कोषाध्यक्षको काम, कर्तव्य र अधिकारः
(क) दलको निम्ति आवश्यक आर्थिक स्रोत साधनको व्यवस्था गर्ने ।
(ख) दलको आय–व्ययको अद्यावधिक अभिलेख राख्ने ।
(ग) केन्द्रीय कार्यसमितिद्वारा निर्णय गरेको बैंकमा दलको नाममा खाता खोल्ने र केन्द्रीय कार्यसमितिको निर्णय अनुसार सञ्चालन गर्ने ।
(घ) दलका निम्ति प्राप्त हुने सदस्यता शुल्क, अनिवार्य शुल्क, मासिक सहयोग रकम र अन्य शुभेच्छुक र समर्थकबाट प्राप्त हुने रकम सङ्कलन गर्ने ।
(ङ) दलको विभिन्न काम र निकायको खर्चका लागि निर्णयानुसार वितरण गर्ने र त्यसको हिसाब राख्ने ।
(च) दलको आर्थिक कारोबारको सम्बन्धमा प्रत्येक तीन महिनामा केन्द्रीय कार्यसमितिमा जानकारी दिने ।
(छ) केन्द्रीय कार्यसमितिले नियुक्त गरेका लेखापरीक्षकद्वारा दलको वार्षिक लेखा परीक्षण गराई त्यसको प्रतिवेदन केन्द्रीय कार्यसमिति, केन्द्रीय परिषद् र महाधिवेशनमा प्रस्तुत गर्ने ।

(६) सदस्यहरूको काम, कर्तव्य र अधिकारः
(क) महाधिवेशन, केन्द्रीय परिषद् र केन्द्रीय कार्यसमितिद्वारा निर्देशित कार्य गर्ने ।
(ख) केन्द्रीय कार्यसमितिले दिएको जिम्मेवारी इमान्दारीसाथ पालना गर्ने ।
(ग) आवश्यकतानुसार समय समयमा गठित कार्यदल, आयोग, समितिमा रही तोकिएबमोजिम कार्य सम्पन्न गर्ने ।
(घ) केन्द्रीय कार्यालय सञ्चालन एवं व्यवस्थापनमा सहयोगात्मक भूमिका निर्वाह गर्ने ।

२६. सचिवालयको गठनः नेपाल तरूण दलको केन्द्रीय सचिवालयको गठन निम्न बमोजिम हुनेछ–

(१) नेपाल तरूण दलका अध्यक्ष तथा पदाधिकारी ।
(२) दलका अध्यक्षले केन्द्रीय कार्यसमितिका सदस्यहरूमध्येबाट मनोनित गरेका छ जना सदस्यहरू ।

२७. सचिवालयको काम, कर्तव्य र अधिकारः

(१) केन्द्रीय कार्यसमितिको एउटा बैठक र अर्को बैठकको अन्तरमा केन्द्रीय कार्यसमितिले गर्नु पर्ने काम सचिवालयले गर्नेछ ।
(२) सचिवालयको कार्य विवरण केन्द्रीय कार्यसमितिको बैठकमा पेश गरी अनुमोदन गराउनेछ ।

परिच्छेद ७
विभिन्न समिति र विभागहरू

२८. अनुशासन समितिः

(१) दलको विधान, आचारसंहिता पालन गराउन र अनुशासन कायम राख्न केन्द्रीय अध्यक्षले केन्द्रीय कार्यसमितिका सदस्यहरूमध्येबाट अनुशासन समिति गठन गर्नेछ ।
(२) अनुशासन समिति एक जना संयोजक सहित बढी पाँच सदस्यीय हुनेछ ।

२९. अनुशासन समितिको काम, कर्तव्य र अधिकारः

(१) अनुशासन समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ–
(क) दलको उद्देश्य, नीति र आचारसंहिता विरूद्ध अथवा विधानको उल्लंघन भयो भनी दलका पदाधिकारी तथा सदस्यहरूका विरूद्ध परेका उजुरी सुन्ने, छानविन गर्ने र निर्णय गर्ने ।
(ख) अनुशासन भंग गर्ने पदाधिकारीहरू र सदस्यमाथि कारबाही गर्दा नियमावली र आचारसंहिता अनुसार कसुर हेरी सम्झाउने, चेतावनी दिने, निलम्बन वा निष्काशन गर्ने । तर, त्यस्तो कारबाही गर्दा सफाई दिने मौकाबाट वञ्चित गरिने छैन ।
(२) कारबाहीमा पर्ने पदाधिकारी वा सदस्यले चित्त नबुझेको खण्डमा केन्द्रीय कार्यसमितिमा पुनरावेदन दिन सक्नेछ र केन्द्रीय कार्यसमितिको निर्णय अन्तिम हुनेछ ।

३०. केन्द्रीय निर्वाचन समितिको गठन ः

(१) यस विधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक नेपाल तरुण दलको सबै तहको निर्वाचनका लागि केन्द्रीय कार्यसमितिले केन्द्रीय निर्वाचन समिति गठन गर्नेछ ।
(२) केन्द्रीय निर्वाचन समितिमा एक संयोजक र दुई सदस्य रहनेछन् ।

३१. निर्वाचन समितिको काम, कर्तव्य र अधिकारः

(१) केन्द्रीय निर्वाचन समितिले नेपाल तरूण दलको सबै तहको निर्वाचन सम्पन्न गर्नेछ ।
(२) कुनै पनि तहको निर्वाचन गराउन केन्द्रीय निर्वाचन समितिले आफ्नो अधिकार प्रत्यायोजन गरी निर्वाचन अधिकृत तोकी खटाउन सक्नेछ ।
(३) सबै तहको निर्वाचन गोप्य मतदानद्वारा गरिनेछ । निर्वाचन सम्बन्धी अन्य प्रकृया केन्द्रीय निर्वाचन समितिले निर्णय गरे बमोजिम हुनेछ ।
(४) केन्द्रीय निर्वाचन समितिले आफूले गरेको कार्य विवरण केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्नेछ ।
(५) दलको सबै तहको निर्वाचन नेपाल तरुण दलको निर्वाचन निर्देशिकामा व्यवस्था भए बमोजिम हुनेछ ।

३२. आर्थिक समितिको गठन ः

नेपाल तरूण दललाई आर्थिक रूपमा सवल, सक्षम र पारदर्शी बनाउन यसको एक छुट्टै कोषको स्थापना गरिनेछ । दलको केन्द्रीय कार्यसमितिले दलका कोषाध्यक्षको संयोजकत्वमा बढीमा एघार सदस्यीय आर्थिक समितिको गठन गर्नेछ ।

३३. विभागहरूको गठनः

(१) नेपाल तरूण दलको केन्द्रीय कार्यसमिति अन्तर्गत निम्न विभागहरू रहनेछन्–
(क) प्रशिक्षण विभाग
(ख) प्रचार तथा प्रकाशन विभाग
(ग) अन्तर्राष्ट्रिय सम्बन्ध विभाग
(घ) संगठन विभाग
(ङ) खेलकूद विभाग
(च) सामाजिक तथा सांस्कृतिक विभाग
(छ) अनुगमन–मूल्याङ्कन तथा अनुसन्धान विभाग
(ज) तरूण परिचालन विभाग
(झ) रोजगार तथा व्यवसाय विभाग
(ञ) शिक्षा तथा स्वास्थ्य विभाग
(ट) गैरसरकारी संस्था समन्वय विभाग
(२) केन्द्रीय अध्यक्षले केन्द्रीय सदस्यहरुमध्येबाट विभागीय प्रमुख र तरूण सदस्यहरुमध्येबाट विभागीय सदस्यहरूको मनोनयन गर्नेछ । साथै केन्द्रीय कार्यसमितिले आवश्यक सम्झेमा अन्य विभागहरू थपघट गर्न सक्नेछ ।

३४. विभागहरूको काम, कर्तव्य र अधिकारः

(१) नेपाल तरूण दल केन्द्रीय कार्यसमितिले तोकिदिए बमोजिमको कार्य गर्ने ।
(२) आ–आफ्नो विभागीय कार्यको प्रतिवेदन प्रत्येक तीन महिनामा केन्द्रीय कार्यसमितिमा पेश गर्नुपर्नेछ ।

परिच्छेद ८
राजिनामा, पदरिक्त र पदपूर्ति

३५. राजिनामा, पदरिक्त र पदपूर्तिको व्यवस्था देहायबमोजिम हुनेछः

(१) राजिनामाः
नेपाल तरूण दल केन्द्रीय अध्यक्षले केन्द्रीय उपाध्यक्ष र उपाध्यक्ष नभएको अवस्थामा महासचिव मार्फत् केन्द्रीय कार्यसमितिमा, जिल्ला कार्यसमितिका अध्यक्षले केन्द्रीय कार्यसमिति समक्ष, गाउँ कार्यसमिति, नगर कार्यसमिति र क्षेत्रीय कार्यसमितिका अध्यक्षले जिल्ला कार्यसमिति समक्ष तथा नगर वडा कार्यसमितिका अध्यक्षले नगर कार्यसमिति समक्ष राजीनामा प्रस्तुत गर्नु पर्नेछ । त्यस्तै गरी कुनै पनि समितिका पदाधिकारी तथा सदस्यले सम्बन्धित कार्यसमिति समक्ष लिखित राजिनामा पेश गर्न सक्नेछ ।

(२) पदरिक्तः
(क) कुनै पनि समितिको पदाधिकारी एवं सदस्यको परिच्छेद ३ को दफा ५ अुनसार सदस्यता समाप्त भएमा वा जिल्ला अध्यक्ष केन्द्रीय समितिमा मनोनित भएमा निजको तल्लो पद रिक्त भएको मानिनेछ ।
(ख) नेपाली कांग्रेसको कुनै पनि तहको कार्यकारी पदमा रहेको दलको सदस्य दलको पदबाट स्वतः मुक्त भएको मानिनेछ । तर नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यलाई कार्यकारी पद मानिने छैन । अन्य कुनै भातृ संस्थाहरूको हकमा पनि दोहोरो जिम्मेवारीलाई यो विधानले निषेध गरेको छ ।

(३) पदपूर्तिः
(क) सबै तहका अध्यक्षले मनोनित गर्ने पदाधिकारी तथा सदस्यहरूको मनोनयन महाधिवेशन सम्पन्न भएको मितिले तीन महिनाभित्र अनिवार्य रूपमा गरिसक्नु पर्नेछ ।
(ख) कुनै कारणवस कुनै पनि तहको अध्यक्षको पद रिक्त हुन गएमा उपाध्यक्षले कार्यबाहक अध्यक्ष भई कार्यभार सम्हाल्नेछ ।
(ग) कुनै पनि तहको कार्यसमितिको सदस्यको पद रिक्त हुन गएमा सम्बन्धित कार्यसमितिको अध्यक्षले महाधिवेशन प्रतिनिधि÷अधिवेशन प्रतिनिधि÷पूूर्णकालिन सदस्यहरूमध्येबाट पदपूर्ति गर्न सक्नेछ ।
(घ) कुनै पनि तहको कार्यसमितिको उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पद रिक्त हुन गएमा सम्बन्धित तहको कार्यसमितिको बैठकले आफूभित्रका सदस्यहरु मध्येबाट चयन गर्नेेछ ।

परिच्छेद ९
दलको छाप र झण्डा

३६. छाप ः

गोलो पूर्णकालीन घेराभित्र चारकुनामा चारतारा अंकित रहेको “नेपाल तरूण दल स्थापना २०१० केन्द्रीय कार्यालय, काठमाडौं, नेपाल” लेखिएको केन्द्रीय कार्यालयको छाप रहनेछ र अन्य तहको छापमा पनि सम्बन्धित तहको नाम उल्लेख हुनु पर्नेछ ।

३७. झण्डाः

नेपाल तरूण दलको झण्डा समानुपातिक तीन भागमा विभाजित माथि रातो बीचमा सेतो र तल निलो रङ्गको पृष्ठभूमिको लम्बाई र चौडाईको अनुपातः ३ः२ भएको समकोणीय आयताकारको हुनेछ । बीचमा सेतो पृष्ठभूमिको मध्य भागमा बाँयाबाट दायाँतर्फ माथि उठेको बलेको मसाल र मसालको दायाँ बायाँ दुबैतिर तलमाथि हुनेगरि पाँच चोसे रातो रङ्गका चार ताराहरू रहनेछन् ।
परिच्छेद १०
विविध

३८. कार्यालय ः

नेपाल तरूण दलको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ । नेपाल तरूण दलका सम्बन्धित तहका कार्यालयहरू सम्बन्धित तहको निर्णयबाट स्थापना गरिनेछ ।

३९. पदावधिः

(१) दलको सबै तहको अवधि÷पदावधि तीन वर्षको हुनेछ । तीन वर्ष पुग्ने अन्तिम महिनाभित्र दलको महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गरि सक्नुपर्नेछ ।
(२) महाधिवेशन सम्पन्न गर्न असाधारण स्थिति भएमा सो को कारण खोली केन्द्रीय कार्यसमितिले सबै तहको अवधि÷पदावधि बढीमा छ महिनासम्मको लागि थप गर्न सक्नेछ । यसरी अवधि÷पदावधि थप गरिएमा नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराउनु पर्नेछ ।

४०. गणपूरक संख्याः

महाधिवेशन, केन्द्रीय परिषद्, दलको विभिन्न समिति र कार्यसमितिको बैठकको गणपूरक संख्या एकाउन्न प्रतिशत मानिनेछ । पहिलो पटक गणपूरक संख्या नपुगी दोस्रो पटक बोलाइएको बैठकमा गणपूरक संख्या तेत्तीस प्रतिशत हुनेछ ।

४१. विशेषाधिकारः

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले नेपाल तरुण दलको उद्देश्य र विधान विपरित कार्य गरिएको ठहर गरेमा नेपाल तरूण दलको केन्द्रीय कार्यसमिति भङ्ग गरी तरूण दलको महाधिवेशन प्रतिनिधिहरूमध्येबाट महाधिवेशन तयारी समिति गठन गरी छ महिनाभित्र महाधिवेशन सम्पन्न गर्न तोकिदिनेछ । त्यसैगरी तोकिएको अवधिमा अधिवेशन सम्पन्न नगर्ने समितिलाई माथिल्लो समितिले भंग गरी दुई महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी तदर्थ कार्यसमिति गठन गर्न सक्नेछ ।

४२. नियमावली बनाउनेः

यो विधान अनुरूप केन्द्रीय समितिले आवश्यकता अनुरूप कार्यसंचालन नियमावली र आचारसंहिता समेत बनाई लागू गर्न सक्नेछ ।

४३. विधान संशोधनः

(१) यो विधानको संशोधन गर्नुपरेमा महाधिवेशनको दुई तिहाई बहुमतले वा केन्द्रीय परिषद्को दुई तिहाई बहुमतले संशोधन प्रस्ताव पारित गरी स्वीकृतिको लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा पठाउनेछ ।
(२) विधान संशोधनको प्रस्ताव महाधिवेशन वा केन्द्रीय परिषद्को एक तिहाई सदस्यले केन्द्रीय कार्यसमिति मार्फत् एवं केन्द्रीय कार्यसमितिले स्वयं पनि प्रस्तुत गर्न सक्नेछ ।

४४. निलम्बन र विघटनः

दलको सबै तहका पदाधिकारी तथा सदस्यहरुले विधान वा केन्द्रीय निर्देशन विपरितको काममा संलग्न भएको देखिएमा वा निष्कृय भएको देखिएमा नेपाल तरूण दल केन्द्रीय कार्यसमितिले आवश्यक छानविन गरी त्यस्तो तह वा पदाधिकारीलाई निलम्बन, विघटन वा हटाउन
सक्नेछ । तर यसरी निलम्वन, विघटन वा हटाउनु अघि उचित सुनुवाईको मौका दिनु पर्नेछ । यसरी विघटन गरिएकोमा तत्काल तदर्थ समिति गठन गरी तीन महिनाभित्र विधान बमोजिम निर्वाचन गराउने र हटाइएकोमा आवश्यक पद समेत पूर्ति गरिनेछ ।

४५. बाधा अड्काउ फुकाउने अधिकारः

यो विधान कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा त्यस्तो बाधा अड्काउ फुकाउने अधिकार केन्द्रीय कार्यसमितिलाई हुनेछ तर त्यस्तो विषयमा केन्द्रीय कार्यसमितिले गरेको निर्णय लगतै बस्ने केन्द्रीय परिषद् वा महाधिवेशन समक्ष प्रस्तुत गरी अनुमोदन गराउनु पर्नेछ ।