संस्थाको नियमावली

संस्थाको नियमावली

नेपाल तरूण दलको नियमावली
२०६९

प्रस्तावना !!

नेपाल तरुण दलका सदस्यहरूलाई अनुशासित, व्यवस्थित र नियमित रूपमा क्रियाशिल गरि दलको संगठनमा गतिशिलता ल्याउन नेपाल तरुण दलको विधानमा समय समयमा संशोधन भै आएकाले नेपाल तरुण दलको विधान संशोधनद्वारा थप भएका विषयहरूका सम्बन्धमा समेत दलको विधानको धारा ४२ ले दिएको अधिकार प्रयोग गरि नेपाल तरुण दलको केन्द्रीय कार्य समितिले नेपाल तरुण दलको नियमावली २०६९ बनाई जारी गरिएको छ ।

परिच्छेद – १

१. संक्षिप्त नाम र प्रारम्भः–

१. यो नियमावलीको नाम “नेपाल तरुण दलको नियमावली, २०६९” रहनेछ ।
२. यो नियमावली तुरुन्त लागु हुने छ ।

२. परिभाषाः–

१. ‘दल’ भन्नाले नेपाल तरुण दललाई जनाउने छ ।
२. ‘विधान’ भन्नाले नेपाल तरुण दलको विधान २०१० लाई २०५५ मा पुर्नलेखन गरि २०५८ र २०६९ मा संशोधित समेतलाई बुझाउँने छ ।
३. ‘प्रमाण पत्र’ भन्नाले प्रारम्भिक सदस्यले पाउने अनुसुची २ अनुसारको प्रमाण पत्रलाई सम्झनु पर्दछ ।
४. ‘पदाधिकारी’ भन्नाले दलद्वारा निश्चित कार्य जिम्मा दिइएको पदाधिकारी वा व्यक्तिलाई समेत बुझाउने छ ।
५. ‘परिपत्र’ भन्नाले केन्द्रका तर्फबाट जारी गरिएको लिखित निर्देशनलाई बुझाउँदछ ।

परिच्छेद – २
सदस्यतासम्बन्धी व्यवस्था

३. प्रारम्भिक सदस्यता लिने तथा नविकरण गर्ने प्रक्रियाः

१. विधानको धारा (४) को उपधारा (१) अनुसारको शर्त र योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले नेपाल तरुण दलको गाउँ, नगर वा नगरवडा समितिमा रु. १५ तिरी प्रारम्भिक सदस्यता लिन मञ्जुर गरेमा त्यस्ता व्यक्तिलाई सम्बन्धित गाउँ, नगर वा नगरवडा समितिले प्रारम्भिक सदस्यता दिन सक्ने छ ।
२. उपनियम (१) अनुसार प्रारम्भिक सदस्यता लिने वा प्रारम्भिक सदस्यता नविकरण गर्ने व्यक्तिलाई अनुसूचि (१) को ढाँचामा निवेदन लिई अनुसूची २ अनुसारको प्रमाण पत्र दिईने छ ।
३. प्रारम्भिक सदस्यता बनाएको वा नविकरण गरेको प्रमाण स्वरूप दिईने अनुसूची (२) अनुसारको प्रमाणपत्रमा सम्बन्धित गाउँ, नगर वा नगरवडा समितिले तोकेको अधिकारीको हस्ताक्षर हुनेछ ।
४. उपनियम (३) मा जे जस्तो व्यहोरा भए पनि यो नियमावली लागु भएपछि गाउँ नगर वा नगरवडा समिति नरहेको अवस्थामा जिल्ला कार्य समिति तथा तदर्थ समितिहरू पनि नभएको अवस्थामा केन्द्रले तोकेबमोजिम गर्नुपर्ने छ ।
५. प्रारम्भिक सदस्यताको प्रमाणपत्र हराएमा वा नष्ट भएमा रु. ५ लिई प्रतिलिपि भन्ने शब्दलेखी गाउँ, नगर वा नगरवडा समितिले पुनः प्रतिलिपि प्रमाण–पत्र दिने छ । यसरी प्रतिलिपि दिइएको व्यहोरा सम्बन्धित दर्ता किताबमा जनाई राख्नुपर्ने छ ।

४. प्रारम्भिक सदस्यताको दर्ता किताब

१. प्रारम्भिक सदस्यताको दर्ता किताब जिल्ला, गाउँ, नगर वा नगरवडा समितिमा राखिने छ ।
२. प्रारम्भिक सदस्यको दर्ता किताबमा सदस्यता प्रमाणपत्रमा उल्लेख भएको व्यक्तिगत विवरण अनुसूची २१ मा दिइएको ढाँचामा राखिनेछ ।
३. प्रारम्भिक सदस्यको नामावलीको अभिलेख गाउँ, नगर वा नगरवडा समितिमा राखी त्यसको प्रतिलिपिका साथै आवेदन जिल्ला कार्य समितिमा पठाउनुपर्नेछ ।
४. जिल्ला भित्रका प्रारम्भिक सदस्यहरूको नामावलीको अभिलेख जिल्ला कार्य समितिमा राखि एक प्रति केन्द्रीय कार्यालयमा पठाउनुपर्नेछ ।

५. पूर्णकालीन सदस्यता दिने तथा नविकरण गर्ने प्रक्रियाः

१. पूर्णकालीन सदस्यका लागि गाउँ, नगर वा नगरवडा समितिमा हुन विधानको धारा ४ उपधारा (२) र (५) अनुसार योग्यता पुगेका प्रारम्भिक सदस्यले सम्बन्धित गाउँ, नगरको समितिले आफ्ना प्रारम्भिक सदस्यहरु मध्येबाट पूर्णकालीन सदस्यताका लागि जिल्लालाई प्रस्ताव गर्न सक्नेछ । जिल्ला समितिले उपर्युक्त ठानेका केन्द्रमा सिफारिस गर्नेछ र केन्द्रले स्वीकृत प्रदान गर्नेछ । सिफारिसका लागि अनुसूची ३(क) अनुसारको फाराम भर्नुपर्नेछ ।
२. गाउँ, नगर वा नगरवडा समिति, महानगर वडा, उपमहानगर वडा र नगरपालिका वडा समितिबाट रितपूर्वक सिफारिस भई आएका पूर्णकालीन सदस्यताको आवेदन पत्रमा जिल्ला कार्य समितिले जाँच बुझ गरी अनुमोदन गर्नेछ । यसरी अनुमोदन गरिएका आवेदन पत्रलाई आवश्यक कार्यार्थ केन्द्रमा पठाउनु पर्नेछ ।
३. पूर्णकालीन सदस्यता प्राप्त गर्ने सदस्यतालाई अनुसूची (४) अनुसार पूर्णकालीन सदस्यताको प्रमाण पत्र दिइनेछ ।
४. उपनियम (१) अनुसारको आवेदनमा केन्द्रीय अध्यक्ष वा महासचिवबाट स्वीकृत भएपछि जिल्ला कार्य समितिमा अभिलेख राख्नका लागि रेकर्ड पठाइने छ ।
५. पूर्णकालीन सदस्यताको प्रमाणपत्र हराएमा वा नष्ट भएमा कारण देखाई निवेदन गर्न आएमा रु. २० शुल्क लिई केन्द्रले प्रमाण पत्रमा प्रतिलिपि भन्ने शब्द लेखि प्रमाणपत्र उपलब्ध गराउने छ ।
६. विधानको धारा (४) को ४ अनुसार पूर्णकालीन सदस्यता नविकरणका लागि अनुसूची ३(ख) बमोजिम आएका आवेदन पत्रमा गाउँ, नगर, वडा कार्य समिति सिफारिसमा जिल्ला कार्य समितिले आवश्यक जाँचबुझ गरी स्वीकृत गरी जिल्ला अध्यक्षले नविकरण गर्नुपर्नेछ ।
७. कुनै पूर्णकालीन सदस्यले केन्द्रले तोकिएको अवधिमा नविकरणका लागि आवेदनपत्र बुझाउन आफ्नो काबुबाहिरको परिस्थिति भई आवेदनपत्र भर्न पाउँ भनी तोकिएको म्याद सकिएको ३ महिना भित्रै उपनियम (६) बमोजिम माग गरेमा सम्बन्धित जिल्लाले अधिवेशन सकिएपछि मात्र नवीकरण गर्नेछ ।
८. विधानको धारा ४ उपधारा ४ बमोजिम दलको पूर्णकालीन सदस्यले प्रत्येक वर्ष आफ्नो सदस्यता नविकरण गरिसक्नुपर्नेछ ।

६. पूर्णकालीन सदस्यता छानविन समिति

विधानको धारा ४ को उपधारा १ बमोजिम पूर्णकालीन सदस्य प्राप्त गर्ने प्रारम्भिक कार्यमा पूर्णकालीन सदस्यता पाउने हकबाट बञ्चित गरियो भन्ने कारण र आधार खोली कुनै प्रारम्भिक सदस्यले रु. ५ सहित उजुरी गर्न आएमा त्यस्ता उजुरी माथि छानबिन गरी केन्द्रबाट फैसला गर्ने ।

७. अभिलेख अद्यावधिक राख्नुपर्ने

१. कुनै पनि सदस्यले एक ठाउँबाट अर्को ठाउँमा ठाउँ सारिएको निवेदन गर्न चाहेमा साविकको गाउँ, नगर, वडा कार्य समितिमा ठाउँ सारी सम्बन्धमा अनुसूची ६ अनुसारको निवेदन दिनुपर्ने ।
२. उपनियम १ अनुसार निवेदन पर्न आएमा सम्बन्धित गाउँ नगर वा नगर वडा समितिले त्यस्ता व्यक्तिको अभिलेख अद्यावधिक बनाउने कार्यका लागि सम्बन्धित व्यक्ति मार्फत स्थानान्तरण हुन चाहेको जिल्ला तथा गाउँ, नगर वडा कार्य समितिमा समेत अनुसूची ६ अनुसारको जनाउ पठाउनुपर्ने छ ।
३. दल परित्यागको वा मृत्यु भएको कारणबाट कुनै सदस्यको नाम कट्टा गर्नु वा गराउनु पर्ने प्रमुख जिम्मेवारी गाउँ, नगर वा नगर वडा क्षेत्रिय कार्यसमितिको हुनेछ ।
४. अनुशासनसम्बन्धी कार्यवाहीमा पनि निलम्बनमा रहेको वा साम्प्रदायिक सद्भावनामा आँच पुग्ने काम गरेको वा दलको हिसाब किताब मासी खाएको वा नष्ट गरेको भनी सजाय पाएमा कुनै पनि व्यक्तिलाई निलम्बित हकमा निलम्बन फुकुवा नभएसम्म वा सजाय पाएको मितिले २ वर्षसम्म सदस्यता दिन र त्यस्ता कुनै सदस्यको सदस्यता नविकरणको लागि सिफारिस समेत गरिने छैन ।
५. दलका प्रारम्भिक, पूर्णकालीन सदस्यहरूको नामावली जिल्ला कार्य समितिले अद्यावधिक गर्नुपर्ने छ । यसरी प्रारम्भिक सदस्य र पूर्णकालीन सदस्यको अनुसुची ५ बमोजिम अभिलेख राखी निजहरूले दललाई पु¥याएका योगदानको विवरण पनि उल्लेख गरिनेछ ।
६. दलका प्रारम्भिक र पूर्णकालीन सदस्यले पु¥याएको विशिष्ट योगदानको विवरण जिल्ला कार्य समितिले प्रत्येक वर्ष केन्द्रीय कार्यालयमा पठाउनुपर्ने छ ।

८. दस्तुर वा शुल्कको बाँडफाँड

१. प्रारम्भिक सदस्यको प्रमाण पत्र केन्द्रले जिल्ला कार्य समितिको जिम्मा दिने छ ।
२. गाउँ नगर वा नगरवडा कार्यसमितिले प्रारम्भिक सदस्यता शुल्क वापत प्राप्त रकमबाट रु. ५÷– आफैले आम्दानी बाँधी रु. १० ÷– जिल्ला कार्य समितिमा पठाउनुपर्नेछ । जिल्ला कार्य समितिले रु. ५÷– आफ्नो कार्यसमितिमा आम्दानी बाँधी रु. ५÷– केन्द्रमा पठाउनु पर्नेछ ।
३. पूर्णकालीन सदस्यता नविकरणको शुल्क जिल्ला कार्य समितिले रु. ७०÷– बुझि केन्द्रमा रु. ५०÷– पठाई जिल्ला कार्य समितिले आफ्नो कार्य समितिमा आम्दानी हुने गरी रु. २०÷– जम्मा गर्ने ।
४. उपनियम (२) को अतिरिक्त केन्द्र्रीय कार्यसमितिद्वारा तोकिएको सबै शुल्क बुझाएको पूर्णकालीन सदस्यको मात्र पूर्णकालीन सदस्यता नविकरण गरिनेछ ।

परिच्छेद–३
केन्द्रीय विभागसम्बन्धी व्यवस्था

९. विभाग र अन्य निकायसम्बन्धी व्यवस्था

१. विधानको धारा ३२ र ३३ को प्रयोजनका लागि केन्द्रीय कार्यालयको व्यवस्थापन र सञ्चालन देहाय बमोजिम हुनेछ ।

आर्थिक समिति

क. दललाई हित हुने खालका विभिन्न माध्यम मार्फत अर्थ संकलन गर्ने ।
ख. कोष वृद्धिका लागि विभिन्न कार्यक्रम र अभियान मार्फत अर्थ संकलन गर्ने ।
ग. संकलित रकमहरूको आय व्ययको पारदर्शिता अपनाउने ।
घ. केन्द्रीय समितिमा प्रत्येक ३ महिनामा आय व्ययको प्रतिवेदन पेश गर्ने ।
ङ. केन्द्रीय समितिको कोषाध्यक्षले महाधिवेशनमा आर्थिक प्रतिवेदन पेश गर्ने छ ।
च. विभागमा केन्द्रीय कोषाध्यक्षको संयोजकत्वमा केन्द्रीय सदस्यहरू मध्येबाट बढीमा ११ सदस्यीय समितिको गठन गरिने छ ।

प्रशिक्षण विभाग

क. तरुणहरुको व्यक्तित्व र नेतृत्व विकासका लागि देशभर प्रशिक्षण कार्यक्रम ल्याउने ।
ख. दलको आदर्श नीति र कार्यक्रम अनुरूप दलको सदस्यहरूको व्यक्तित्व, नेतृत्व र सांगठनिक व्यवस्थापनमा सिप बृद्धि गर्न आवश्यकता अनुसार विभिन्न तहमा प्रशिक्षण सञ्चालन गर्ने ।
ग) नेपाली काँग्रेसको नीतितथा कार्यक्रम, सिद्धान्त, आदर्श अनि प्रजातान्त्रिक समाजवादका बारेमा युवाहरुलाई प्रशिक्षित गराउने ।
घ) विभिन्न विद्रोह, हिंसात्मक गतिविधि, अधिनायकवादी सोच, चिन्तन र आन्दोलनमा भड्केका युवाहरुलाई शान्तिपूर्ण, लोकतान्त्रिक विचार अनि भयमुक्त समाज निर्माणमा अभिप्रेरित गर्ने खालका प्रशिक्षणका कार्यक्रम संचालन गर्ने ।

प्रचार तथा प्रकाशन विभाग

क. दलको विचार सिद्धान्त र गतिविधिको प्रसार गर्ने ।
ख. विभिन्न सञ्चार माध्यमहरूसँग सम्बन्ध सुदृढ गर्ने ।
ग. दलको मुख पत्र तरुण आवाज नियमित प्रकाशन गर्ने ।
घ. समय समयमा दलको आधिकारिक दृष्टिकोण सार्वजनिक गर्ने ।

अन्तर्राष्ट्रिय विभाग

क. समान विचार धारा भएका लोकतान्त्रिक मुलुकहरूको तरुण युवा संघ संगठनहरूसँग भाइचाराको सम्बन्ध कायम राख्ने ।
ख. युवा आदान प्रदानका कार्यक्रम राख्ने ।
ग. अन्तर्राष्ट्रिय युवा सम्मेलन, महोत्सव, गोष्ठी, तालिमहरूमा भएका गरिएका प्रस्तावहरूका अभिलेख राख्ने केन्द्रीय कार्य समितिमा जानकारी गराउने ।
घ. दलको सिद्धान्त र विचारलाई विश्वव्यापीकरण गर्न अन्तर्राष्ट्रियसम्बन्ध विस्तार गर्ने ।
ङ. विभिन्न देशमा बसिरिहेका विभिन्न पेशा, व्यवसायमा संलग्न रहेका समान विचार राख्ने तरुण नेपाली नागरिकलाई संगठित गराउन निर्देश शाखा उपशाखा गठन गर्नेे तर विदेशी नागरिकको हकमा सहयोगीको भूमिका स्वीकार्य हुनेछ ।

संगठन विभाग

क. केन्द्र देखि वडा स्तरसम्म दलको संगठनको अवस्थालाई चित्रण गरी सो सम्बन्धी जानकारी गराउने ।
ख. संगठनलाई अझ चुस्त र जुझारु बनाउन आवश्यक सर–सल्लाह र सुझाव उपलव्ध गर्ने, गराउने ।
ग. अन्य विभागहरुसंग समन्वय गरी संगठन निर्माण र विस्तार सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गर्ने, गराउने ।
घ. नेपाली काँग्रेस र अन्य भातृ तथा शुभेच्छुक संघ–संस्थाहरुसंग समन्वय कायम गरी दलको उद्देश्य प्राप्तीको निमित्त क्रियाशील रहने ।
ङ. दिइएको विभिन्न जिम्मेवारीहरु वहन गर्ने, गराउने र त्यसको प्रभावको समीक्षा सहितको प्रतिवेदन उपलव्ध गर्ने, गराउने ।
च. पार्टी वा दलद्वारा आयोजित विविध कार्यक्रमहरु तरुण युवाहरुको उपस्थिती, भूमिका र प्रवद्र्धनमा क्रियाशील रहने ।

खेलकुद विभाग

क. तरुण शक्तिलाई अनुशासित, सक्रिय र संगठित एवम् रचनात्मक क्षेत्रमा सरिक बनाउन खेलकुदका विभिन्न प्रतियोगिताहरू सञ्चचालन गर्ने ।
ख. खेलकुद जगतसँग सम्पर्क र समन्वय गर्ने ।
ग. उत्कृष्ट खेलाडी र यस क्षेत्रमा लाग्नेहरूको हौसलाका लागि कार्यक्रमहरू सञ्चालन गर्ने ।
घ. खेलाडीहरुको भविष्यको सुनिश्चीतताको लागि व्यवसायीकरणको पहल गर्ने, गराउने ।

सामाजिक तथा सांस्कृतिक विभाग

क. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाहरूसँग सम्बन्ध विस्तार गर्ने ।
ख. समाजमा विद्यमान अन्धविश्वास, कुप्रथा, कुरिति, छुवाछुत, भेदभाव जस्ता विकृतिहरूको विरुद्धमा नागरिक सचेतन सञ्चालन गर्ने ।
ग. स्वास्थ्य शिविर, वृक्षारोपण, रक्तदान कार्यक्रम आयोजना गर्ने ।
घ. सीपमूलक कार्यक्रम सञ्चालन गर्ने ।
ङ. दैवी विपत्तिको बेला राहत संकलन गरी वितरण गर्ने ।
च. लागु पदार्थका विरुद्ध जनचेतना जगाउने ।
छ. चेलीबेटी बेचबिखन विरुद्ध चेतना जगाउने ।
ज. लोक संस्कृतिको जगेर्नाको लागि सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्ने ।
झ. कला क्षेत्रमा संलग्न उत्कृष्ट कलाकारलाई हौसला बढाउने गतिविधि सञ्चालन गर्ने ।
ञ. सांस्कृतिक एवम् बौद्धिक विकासका लागि विभिन्न प्रतियोगिता सञ्चालन गर्ने ।

अनुगमन मूल्यांकन तथा अनुसन्धान विभाग

क. जिल्ला समितिबाट भएका गतिविधिहरूको मूल्याङ्कन गरी अभिलेख राख्ने ।
ख. मूल्याङ्कनको आधारमा उत्कृष्ट जिल्ला कार्य समितिलाई प्रोत्साहित गर्ने ।
ग. जिल्ला समितिहरूको गतिविधिहरूको अनुगमन मूल्याङ्कन गरी केन्द्रीय समिति समक्ष प्रतिवेदन पेश गर्ने ।
घ. विभिन्न विषयका विज्ञहरूसँग समय समयमा छलफल गरी दलका कार्यक्रमहरूलाई प्रभावकारी बनाउन अनुसन्धानात्मक कार्यहरू गर्ने ।
ङ. दलको सांगठनिक सुदृढिकरणका लागि सोध कार्यका लागि अभिप्रेरित गर्ने ।

तरुण विभाग

क. जातिय, धार्मीक, भाषिक, सांस्कृतिक राजनैतिक सहिष्णुता कायम गरी शान्त, सम्प्रभुत र समतामुलक समाज निर्माणका लागि तरुणहरुलाई क्रियाशिल गराउने ।
ख. तरुण सहभागिता बृद्धिका लागि विभिन्न कार्यक्रम गर्ने ।
ग. महिलाहरूको नेतृत्व विकास हुने खालका कार्यक्रम सञ्चालन गर्ने ।
घ. लैङ्गिक विभेदका विरुद्ध कार्यक्रम सञ्चालन गर्ने ।
ङ. बाल विवाह, बहु विवाहका विरुद्ध कार्यक्रम सञ्चालन गर्ने ।
च. दाइजो प्रथाका विरुद्ध कार्यक्रम सञ्चालन गर्ने ।
छ. बोक्सी प्रथाका जस्ता सामाजिक कुप्रथाका विरुद्ध अभियान सञ्चालन गर्ने ।
ज. चेलीबेटी बेचविखन, देह व्यापार जस्ता सामाजिक विकृतिका विरुद्ध सचेतन कार्यक्रम सञ्चालन गर्ने ।
झ. एकल नारी (विधवा) माथि हुने सामाजिक अपहेलना विरुद्ध गतिविधि सञ्चालन गर्ने ।
ञ. दलितहरू माथि हुने सामाजिक विभेद अन्त्यका लागि गतिविधि सञ्चालन गर्ने ।
ट. दलित तरुणहरूको सहभागिता अभिवृद्धि गरी नेतृत्व विकास गराई निर्णय प्रक्रियामा सहभागी गराउने ।
ठ. दलितको हक हितसम्बन्धी कार्य गरिरहेकासँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने ।
ड. तरुणहरुलाई कुलत तथा दुव्र्यवसनबाट मुक्त गराई समाज निर्माणमा सहभागि गराउने ।

रोजगार तथा व्यवसाय विभाग

क. तरुणहरुको रोजगारीको निमित्त सम्बन्धित निकायहरुसंग समन्वय गर्ने, गराउने ।
ख. रोजगार एवम सीपमूलक कार्यक्रमहरु संचालन गर्ने, गराउने ।
ग. कृषिमा संलग्न तरुण किसानहरुलाई संगठित गर्दै कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिने ।
घ. भू–स्वामीत्व, उन्नत विउ, सिंचाई, कृषि मजदुर र लगानी सम्बन्धी समस्याहरुको बारेमा आवाज
उठाउने ।
ङ. हलिया तथा कमलरी व्यवस्थापनमा विशेष जोड दिने ।
च. आर्थिक तथा सामाजिक क्रान्तीको निमित्त सहकारी आन्दोलनलाई अझ प्रभावकारी रुपमा अघि बढाउने ।
छ. उत्पादन अनुसार बजार व्यवस्थापन गर्ने, गराउने ।
ज. वेरोजगार शैक्षिक युवा पुस्ताको व्यवस्थापनको निमित्त सरकारी एवम गैरसरकारी सहभागितामा औद्योगिकरणमा जोड दिने ।
झ. वेरोजगार तरुणहरुको निमित्त वेरोजगार भत्ताको व्यवस्थाको लागि आवश्यक पहल गर्ने ।
ञ. लगानीको सुरक्षित ग्यारेन्टीको परिस्थिती सृजना गरी लगानी वृद्धि र प्रवद्र्धनमा जोड दिई तरुणहरुको रोजगारीको निमित्त अग्रसर रहने ।
ट. वेरोजगार युवाको निमित्त सरकारी ऋणको व्यवस्थापनमा जोड दिने ।

शिक्षा तथा स्वास्थ्य विभाग

क. तरुणहरुको निमित्त उच्च शिक्षा तह सम्म निशुल्क अध्ययनको व्यवस्था गर्न, गराउन पहल
गर्ने ।
ख. आरक्षित समुदाय र भौगोलिक विकटतालाई ध्यानमा राखि आवसीय विद्यालयहरुको स्थापनाको निम्ति पहल गर्ने ।
ग. सरकारी, सामुदायिक एवम नीजि विद्यालयहरु विचको असमान शैक्षिक गुणस्तर हटाउन विशेष पहल गर्ने, गराउने ।
घ. दलित, शहिद परिवार, पिछडा वग, अल्पसंख्यक, अपाङ्ग र सिमान्तकृत वर्गको लागि स्नातकोत्तर तह सम्मको निःशुल्क अध्ययनको व्यवस्था गराउन पहल गर्ने ।
ङ स्वास्थ्य सम्बन्धि विभिन्न शिविरहरु संचालन गर्ने ।
च. निःशुल्क स्वास्थ्य उपचारको निम्ति पहल गर्ने ।
छ. विभिन्न अस्पतालमा दरवन्दी अनुसार विशेषज्ञहरुको उपस्थितीमा जोड दिने ।
ज. शहिद परिवारका तरुणहरुलाई प्राविधिक एवम मेडिकल क्षेत्रमा निःशुल्क अध्ययनको व्यवस्था गराउने ।
झ. शैक्षिक क्षेत्रमा संलग्न उत्कृष्ट कार्य गर्नेलाई हौसला बढाउने कार्यक्रम संचालन गर्ने ।

गैरसरकारी संस्था समन्वय विभाग

क. विभिन्न गैरसरकारी संस्थाहरुसंग तरुणहरुको समन्वय गराउने ।
ख. गैरसरकारी संस्थाहरुको सहयोग र समन्वयमा चेतना अभिवृद्धि, आयमुलक, सीपमुलक तथा विकासमा कार्यक्रमहरु संचालन गर्ने, गराउने ।
२. केन्द्रीय अध्यक्षले केन्द्रीय सदस्यहरु मध्येबाट विभागीय प्रमुख र तरुण महाधिवेशन प्रतिनिधिहरु मध्येबाट विभागीय सदस्यहरु मनोनयन गर्ने छ । साथै केन्द्रीय कार्यसमितिले आवश्यक सम्झेमा अन्य विभागहरु थपघट र हेरफेर गर्न सक्ने छ ।

१०. केन्द्रीय विभाग तथा निकायका काम कर्तव्य अधिकारः

१. केन्द्रीय विभागका काम कर्तव्य तथा अधिकार देहाय बमोजिम हुनेछ ।
क. विभाग तथा निकायले आ–आफ्नो कार्य क्षेत्रसँग सम्बन्धित कार्यहरूको कार्यक्रम बनाई लागु गर्ने र त्यससम्बन्धी जानकारी केन्द्रीय समितिलाई दिने ।
ख. आफ्नो विभागको कार्यको प्रतिवेदन प्रत्येक तीन महिनामा केन्द्रीय समितिमा पेश गर्नुपर्ने छ ।
ग. केन्द्रीय समितिले तोकेका कार्यहरू गर्ने गराउने र दिएका निर्देशन कार्यान्वयन गर्ने गराउने ।
घ. दलको उद्देश्य र नीति तथा कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने र त्यससम्बन्धी कार्ययोजनाहरू बनाई जिल्ला कार्य समिति मार्फत लागु गर्ने गराउने ।
ङ. आफ्नो विभाग तथा निकायसम्बन्धी कार्यहरूमा दलले निर्धारण गर्नुपर्ने नीति नियमका सम्बन्धमा अध्ययन र छलफल गराई प्राप्त सुझाव सहितको प्रतिवेदन महासचिव मार्फत केन्द्रीय कार्य समितिमा प्रस्तुत गर्नुपर्ने छ ।
च. विकास क्षेत्र तथा जिल्लाबाट प्राप्त प्रतिवेदनहरू अध्ययन गरी आफ्नो विभागसँग सम्बन्धित रणनीति तय गर्नेछ ।

११. सचिवालयको काम, कर्तव्य र अधिकार

१. केन्द्रीय कार्य समितिको एउटा बैठक र अर्को बैठकको अन्तरमा केन्द्रीय कार्य समितिले गर्नुपर्ने काम सचिवालयले गर्नेछ ।
२. आफ्नो कामको विवरण यथाशीघ्र केन्द्रीय कार्य समितिको बैठकमा पेश गरी अनुमोदन गराउने छ ।
३. दलको केन्द्रिय कार्यालय अन्तर्गत रहेका सम्पूर्ण विभागहरूको समीक्षा गर्नेछ ।
४. समयसमयमा विभागका संयोजक र समितिका संयोजकहरूसँग संयुक्त रूपमा विचार विमर्शको आयोजना गर्नेछ ।

१२. निर्वाचन समितिको काम, कर्तव्य र अधिकार

दलको विधानको धारा ३१ अनुसार निर्वाचन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
१. दलले निर्वाचन सम्पन्न गर्ने विधानको धारा ३० अनुसार निर्वाचन समिति गठन गर्नेछ ।
२. दलको सबै तहको निर्वाचनमा आवश्यक भएमा गोप्य मतदानद्वारा निर्वाचन गराउने छ ।
३. गाउँ, नगर, क्षेत्र र जिल्ला स्तरीय निर्वाचन सम्पन्न गर्नु परेमा केन्द्रीय अध्यक्षले सम्बन्धित जिल्लालाई निर्वाचन गराउने गरी अधिकार प्रत्यायोजन गर्न सक्ने छ ।
४. नेपाल तरुण दलको राष्ट्रिय महाधिवेशन हुने वर्षमा केन्द्रीय समितिले तोकेको मितिमा दलको गाउँ, नगर, नगरवडा समिति र जिल्लाको अधिवेशन निर्वाचनसम्बन्धी कार्यलाई सम्पन्न गराउनुपर्ने छ ।
५. उपधारा (१) अनुसार गठन गरिएको निर्वाचन समितिको महाधिवेशन समाप्त भएको ३५ दिन पछि स्वतः विघटन हुनेछ ।

१३. केन्द्रीय कार्यालय शाखासम्बन्धी व्यवस्था

१. देहाय बमोजिमको कामका लागि कार्यलय सचिवका मातहतमा रहने गरी केन्द्रीय कार्यालयमा देहाय बमोजिमका शाखाहरू रहने छन् ।
क. अभिलेख शाखाः घोषणा पत्र, विधान, नियमावली, विज्ञप्ती, सूचना आदिको रेकर्ड नियमित रूपमा राख्ने र जिल्लाबाट प्राप्त पूर्णकालीन र प्रारम्भिक सदस्यहरूको अभिलेख राख्ने कार्य अभिलेख शाखाले गर्नेछ ।
ख. प्रेस शाखाः दैनिक सूचना संकलन, कप्युटर, प्रेस, फोटोकपी आदिको कार्य यस शाखाले गर्नेछ ।
ग. प्रशासन शाखाः दलको दैनिक प्रशासन स्टोर, मर्मत, सुरक्षा आदि हेर्ने कार्य शाखाले गर्नेछ ।
२. उपनियम (१) अनुसार प्रत्येक शाखाहरूले नियम ९ को अनुसारका विभाग तथा निकायहरूलाई आवश्यक सहयोग पु¥याउनुपर्नेछ ।

१४. अन्य निकायमा शाखासम्बन्धी व्यवस्था

१. जिल्ला कार्य समितिका कार्यलयमा सो समितिका पदाधिकारी र सदस्यहरूको मातहतमा रहने गरी आवश्यकता बमोजिम देहायका शाखाहरू सञ्चालन गर्ने छ । प्रत्येक शाखाले प्रत्येक ६ महिनामा छलफल र निर्देशनका लागि जिल्ला कार्य समिति समक्ष आफ्नो प्रतिवेदन पेश गर्नुपर्ने छ । तर विशेष परिस्थितिमा ६ महिना अगावै पनि पेश गर्न वा जिल्ला कार्य समितिले माग गर्न सक्ने छ ।
क. प्रशिक्षण शाखाः जिल्लामा विभिन्न पेशा र व्यवसायमा लागेका प्रतिभा एवम् जन शक्तिलाई दलका कार्यक्रमसँग समन्वय गरी केन्द्रमा सम्पर्क गर्ने र दलका सदस्यहरूको लागि प्रशिक्षणको व्यवस्था मिलाउने ।
ख. अभिलेख शाखाः दलका सदस्यहरूको दर्ता किताब अद्यावधिक राख्ने अन्य अभिलेख आदिको व्यवस्था र संरक्षण गर्ने ।

१५. दर्ता चलानीसम्बन्धी व्यवस्था

हरेक तहका कार्यालयहरूमा दर्ता चलानीसम्बन्धी व्यवस्थापन मिलाइने छ ।

१६. अनुगमन तथा मूल्याङ्कनसम्बन्धी व्यवस्था

१. महासचिवले केन्द्रीय विभाग तथा जिल्ला कार्य समितिको अनुगमन गर्ने गराउने व्यवस्था मिलाउनु पर्नेछ ।
२. दलको विभागको आफ्नो कामसँग सम्बन्धित विषयमा जिल्ला क्षेत्र अन्तर्गतका शाखाहरूको नियमित रूपमा अनुगमन गरी आवश्यक निर्देशन दिनेछ ।
३. अञ्चल र जिल्ला कार्य समितिकोे काम कारबाहीको अनुगमनको व्यवस्था मिलाउनु पर्नेछ ।
४. केन्द्रीय सभापति वा महासचिवले विभाग, निकाय तथा जिल्ला कार्य समितिहरूको कार्य सम्पादन प्रभावकारी रूपमा भए नभएको हेर्ने र त्यससम्बन्धी थप व्यवस्था गर्ने गरी केन्द्रीय सदस्य वा अन्य व्यक्तिलाई तोकी सोबमोजिम अनुगमनको व्यवस्था मिलाउन सक्नेछ ।

परिच्छेद–४
काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था

१७. पूर्णकालीन सदस्यको काम, कर्तव्य र अधिकार

पूर्णकालीन सदस्यको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
१. दलबाट आयोजना गरिएको विभिन्न राजनीतिक, सामाजिक, विकास निर्माणसम्बन्धी कार्यक्रममा सक्रिय रूपमा सहभागिता गर्ने ।
२. दलको आदर्श, सिद्धान्त र मर्यादालाई उच्च राख्दै दललाई सवल र सक्षम संगठन बनाउन निरन्तर क्रियाशील रहने ।
३. दलको सिद्धान्त, नीति र कार्यक्रमलाई जनस्तरमा पु¥याउन लेख रचना प्रकाशित गर्ने वा सार्वजनिक बहस र छलफलमा भाग लिने
४. स्थानीय निकाय, संविधान सभा तथा संसदको निर्वाचनमा पार्टीका उम्मेद्वारलाई विजयी बनाउन दलको निर्देशन बमोजिम क्रियाशील रहने ।
५. दलको नीति कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रत्यक्ष सहभागी हुन प्रत्येक पूर्णकालीन सदस्यको कर्तव्य हुनेछ ।
६. दलले दिएको निर्देशन बमोजिम कार्यसम्पादन गर्नु प्रत्येक पूर्णकालीन सदस्यको कर्तव्य हुनेछ ।
७. दलको नीति, विधान, नियम तथा कार्यक्रमलाई जनस्तरसम्म पु¥याउने गरी सहयोग गर्नु प्रत्येक पूर्णकालीन सदस्यको कर्तव्य हुनेछ ।
८. दलको नीति र कार्यक्रमका सम्बन्धमा प्रत्येक पूर्णकालीन सदस्यलाई दलको हितमा माथिल्लो निकायमा आफ्ना भनाई राख्ने अधिकार हुनेछ ।
९. दलको विधान, नियम बमोजिम योग्यता पुगेका पूर्णकालनि सदस्यहरूले सम्बन्धित निकायको निर्वाचनमा तोकिए बमोजिम भाग लिने अधिकार हुनेछ ।
१०. दलको उद्देश्य कार्यान्वयन गर्ने प्रत्येक पूर्णकालीन सदस्यको अभिलेख निजले योगदान पु¥याएअनुसार दलको दर्ता किताबमा दर्ता रहे नरहेको हेर्ने अधिकार हुनेछ ।

१८. गाउँ, नगर वा नगर वडा कार्य समितिका अध्यक्षहरूको काम, कर्तव्य र अधिकार

गाउँ, नगर वा नगर वडा कार्य समितिका अध्यक्षहरूको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ ।
१. कार्यसमिति तथा अधिवेशनको सभापतित्व गर्ने र आवश्यक परे निर्णायक मत दिने ।
२. दलको आदर्श, सिद्धान्त र मर्यादालाई उच्च राख्दै दललाई प्रभावकारी सक्षम संगठनका रूपमा सञचालन गर्न नेतृत्व प्रदान गर्ने ।
३. कार्य समिति तथा अधिवेशनले गरेका निर्णयहरू कार्यान्वयन गर्ने गराउने ।
४. दलको माथिको निकायले समय समयमा दिएका निर्देशनको पालना गर्नेछ ।
५. पूर्णकालीन सदस्यता प्राप्त गर्न तथा पूर्णकालीन सदस्यता नविकरण गर्न प्राप्त निवेदन उपर कार्य समितिको बैठकबाट छानविन गरी प्रस्ताव वा सिफारिस भएको प्रमाणित गरी तोकिएको म्याद भित्रै जिल्ला कार्य समितिमा पठाउनु पर्ने ।
६. दलको राजनीतिक गतिविधि तथा अवस्थाका बारेमा जिल्ला कार्य समितिलाई जानकारी गराउने । साथै दललाई सामाजिक काममा सहभागि गराउने ।
७. दल नेपाली कांग्रेसको भातृ संगठन भएकोले नेपाली कांग्रेससँग समन्वय राखि विकास निर्माण निर्माण कार्यमा अग्रसर रहने ।
८. दलको प्रारम्भिक र पूर्णकालीन सदस्यता छोडेका व्यक्तिहरूको अभिलेख तयार गरी जिल्ला कार्य समितिमा पठाउने ।
९. कार्य समितिमा मनोनित व्यक्तिलाई आवश्यकताअनुसार हेरफेर गर्ने ।

१९. संसदीय, क्षेत्रीय समितिको गठन, काम, कर्तव्य अधिकार

क) क्षेत्रीय समितिको गठन विधि
१) सम्बन्धित क्षेत्रको जिल्ला अधिवेशन प्रतिनिधि मध्येबाट – अध्यक्ष, उपाध्यक्ष – १, सचिव –१ र
कोषाध्यक्ष –१
२) सम्बन्धित संसदीय क्षेत्रका जिल्ला अधिवशेन प्रतिनिधि मध्येबाट क्षेत्रीय अध्यक्षले १ सहसचिव सहित विधानको धारा १४ को उपधारा ३ बमोजिम महिला, दलित, आदिवासी, जनजाति र आरक्षित वर्गलाई समेटेर १५ जना मनोनित गर्न सक्ने छ ।
३) विधानको धारा १४ को उपधारा ३ बमोजिम क्षेत्रिय कार्य विस्तार हुन नसक्ने परिस्थीतिमा गाउँ र वडाको पूर्व पदाधिकारीहरुलाई क्षेत्रिय समितिको सदस्यमा मनोनित गर्न सक्ने छ ।
४) एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लाको हकमा क्षेत्रीय समिति रहनेछैन ।
ख) काम, कर्तव्य र अधिकार
(१) क्षेत्रीय अधिवेशनले गरेका निर्णयहरू कार्यान्वयन गर्ने गराउने ।
(२) माथिल्लो निकायका निर्देशन कार्यान्वयन गर्ने गराउने ।
(३) नेपाली कांग्रेसको सम्बन्धित निकायसँग समन्वय गर्दै नेपाली कांग्रेसलाई सहयोग पुग्ने खालका कार्यक्रमहरू गर्ने गराउने ।
(४) दलको उद्देश्य, नीति तथा कार्यक्रमहरूको व्यापक प्रचार प्रसार गर्ने गराउने ।
(५) आफ्नो मातहतका गाउँ, नगर, वडा कार्यसमितिहरू बीच समन्वय कायम गर्ने, सहयोग गर्ने निर्देशन दिने ।
(६) आवश्यकता अनुसार भेला, प्रशिक्षण, गोष्ठी, अन्तरक्रिया आदि कार्यक्रमहरू संचालन गर्ने गराउने ।
(७) पार्टीको सम्बन्धित निकायसँग समन्वय गरी रक्तदान, वृक्षारोपण, खेलकूद, सांस्कृतिक कार्यक्रम, सरसफाई आदि रचनात्मक कार्यक्रमहरू संचालन गर्ने गराउने ।
८) मातहतका कार्यसमितिहरुको अनुगमन गर्ने र अभिलेख राख्ने ।

२०. जिल्ला समितिको गठन तथा जिल्ला अध्यक्षको काम कर्तव्य र अधिकार

१) जिल्ला समितिको गठन ः विधान धारा १६ बमोजिम जिल्ला अधिवेशनबाट जिल्ला समितिको गठन हुने छ । नेपाल तरुया दलको विधानको धारा ४५ को वाधा अड्काउ फुकाउने अधिकार प्रयोग गरी जिल्ला कार्यसमितिको संख्या देहाय बमोजिम तोकिएको छ ।
क) १ देखि ३ निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा क्षेत्रबाट निर्वाचित जिल्ला सदस्यहरु सहित–२१
ख) ४ देखि ६ निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा क्षेत्रबाट निर्वाचित जिल्ला सदस्यहरु सहित–२५
ग) ७ वा सो भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा क्षेत्रबाट निर्वाचित जिल्ला सदस्यहरु सहित–३१
२) एक निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय महाधिवेशन प्रतिनिधिको चयन जिल्ला अधिवेशन मार्फत हुनेछ ।
३) विधानको धारा (१७) को उपधारा (३) अनुसार जिल्ला अध्यक्षको काम कर्तव्य र अधिकार देहाय वमोजिम हुने छ ।
(अ) दलको माथिल्लो निकायबाट प्राप्त नीति निर्देशन कार्यान्वयन गर्ने, गराउने ।
(आ) जिल्ला कार्यसमिति गठन गर्ने, कार्य विभाजन गर्ने र आवश्यकतानुसार हेरफेर गर्ने ।
(इ) तल्लो निकायहरूलाई नीति निर्देशन दिने र कार्यान्वयन गर्ने, गराउने ।
(ई) जिल्ला स्तरीय समितिहरूको संयोजक तथा सदस्यहरू तोक्ने ।
(उ) जिल्ला अधिवेशन, कार्यसमिति र जिल्ला सचिवालयको अध्यक्षता गर्ने ।

२१. अञ्चल समितिको गठन, काम, कर्तव्य र अधिकार

विधानको धारा २४ को उपधारा १४ मा व्यवस्था भएअनुसार सम्बन्धित अञ्चल इन्चार्जको संयोजकत्वमा अञ्चल समितिको गठन गरिने छ ।
क) गठन प्रक्रियाः
१) अञ्चल इन्चार्ज केन्द्रीय सदस्य मध्येबाट हुनेछ ।
२) सम्बन्धित अञ्चलका जिल्ला अध्यक्षहरू सदस्य रहने छन् ।
३) अञ्चल इन्चार्जले केन्द्र्रीय अध्यक्षको सल्लाह र सहमतिमा तरुण दलका जिल्ला पदाधिकारी वा सदस्य र महाधिवेशन प्रतिनिधि मध्येबाट महिला, समावेशी, दलित र आरक्षित वर्ग समेतलाई समेटेर आवश्यकता अनुसार कार्यसमिति निर्माण गर्नेछ ।
ख) काम, कर्तव्य र अधिकार
१) दलको विधान, नियमले तोकेको कार्य तथा केन्द्रीय कार्य समितिले निर्णय गरे बमोजिमको कार्यहरू सम्पादन गर्ने गराउने छ ।
२) जिल्ला कार्य समितिहरूलाई क्रियाशील बनाउने छ ।
३) अञ्चल स्तरीय कार्यक्रमहरू सञ्चालन गर्ने गराउने ।
४) वर्षमा कम्तिमा पनि ३ पटक अञ्चल समितिको बैठक बस्नेछ ।
५) दललाई क्रियाशील बनाउने र केन्द्रीय निर्देशनको पालना गराउने कर्तव्य हुनेछ ।
६) प्रत्येक ४ महिनामा अञ्चल स्तरीय प्रगति प्रतिवेदन केन्द्रलाई बुझाउनुपर्नेछ ।
७) अञ्चल भित्र पर्ने जिल्लाको नियमित अनुगमन र मूल्याङ्कन गर्नु समितिको कर्तव्य हुनेछ ।
८) दलको जिल्ला स्तरीय कार्यक्रमलाई सहयोग गर्नु समितिको कर्तव्य हुनेछ ।

परिच्छेद–५
आचारसंहिता

२२. आचार संहिता

१) दलका सबै सदस्यहरूका आचरण र व्यवहारलाई स्वच्छ र मर्यादित बनाई राख्न तथा दलको छवीलाई निरन्तर रूपमा लोकप्रिय र विश्वसनीय बनाई राख्न दलका सबै सदस्यले देहाय बमोजिम आचार संहिताको पालना गर्नुपर्नेछ ।
अ) नेपाल तरण दलका प्रत्येक सदस्यले–
क) जिम्मेवार नागरिकका रूपमा रहनुपर्दछ ।
ख) दलको विधान अन्तर्गत बनेका नियमावलीको पालना गर्नुपर्दछ ।
ग) दलको विधान अन्तर्गत अधिकार प्राप्त निकाय वा अधिकारीले गरेको निर्णय वा निर्देशनको पालना गर्नुपर्दछ ।
घ) पदीय प्रभावको आधारमा निजी लाभ प्राप्त गर्ने र गराउन लगाउने खालको काम गर्न हुँदैन ।
ङ) दलको प्रतिष्ठालाई हानी पुग्ने गरी सार्वजनिक स्थलमा दलको आन्तरिक विवादको विषयलाई अमर्यादित चर्चाको विषय बनाउनु हुँदैन ।
च) सार्वजनिक वा सरकारी वा दलको चल–अचल सम्पत्तिको दुरूपयोग गर्नु हुँदैन ।
छ) नियम कानुन विपरित एवम् अनुचित ढंगले आर्थिक लाभ प्राप्त गर्नु हुँदैन ।
ज) कसैको पनि चरित्र हत्या हुने र मर्यादा भंग हुने अभिव्यक्ति प्रकट गर्नुहुदैन ।
आ) नेपाल तरुण दलका प्रत्येक सदस्यले भातृ संस्थाले भाग लिएको निर्वाचनमा देहाय बमोजिमको कर्तव्य पालना गर्नुपर्दछ ।
क) पार्टीको आधिकारीक रूपमा खडा भएको उम्मेदवारलाई हानी नोक्सानी हुने खालको क्रियाकलाप गर्नुहुँदैन ।
ख) पार्टीको आधिकारीक उम्मेद्वारको सफलताका लागि दत्तचित भै आ–आफ्नो क्षेत्रबाट प्रयत्नशील हुनुपर्दछ ।
ग) दलका पदाधिकारी वा सदस्यलाई सुम्पेको जिम्मेवारी निष्पक्षताप,ूर्वक सम्पन्न गर्नुपर्दछ ।
घ) पार्टी र दलका विरुद्ध लगाइने झुट्टा आरोप विरुद्ध सार्वजनिक रूपमा शान्तिपूर्ण एवम् प्रभावकारी ढंगले प्रतिवाद गर्नुपर्दछ ।
ङ) पाटीद्वारा आयोजित कार्यक्रममा दलका सदस्यले सक्रिय रूपमा सहभागि हुनुपर्दछ ।
च) पार्टीको आदर्श सिद्धान्त नीतिलाई टेवा पुग्ने काम दलका सदस्यहरूले आ–आफ्नो क्षमता र हैसियत अनुसार गर्दै जानु पर्दछ ।
छ) महिला बालबालिका, किसान र मजदुर एवम् आर्थिक सामाजिक र शैक्षिक दृष्टिकोणले पछाडी परेका वर्गहरूको हक हितको संरक्षणमा क्रियाशील रहनुपर्दछ ।
२) नेपाल तरुण दलका सदस्यले आचारसंहिता उल्लंघन गरेमा देहाय बमोजिम गरिनेछ ।
क) दलको कुनै पनि निकायका सदस्यहरूले आचार संहिता उल्लंघन गरेमा नेपाल तरुण दलको कुनै पनि सदस्यले आवश्यक प्रमाण र विवरण सहित केन्द्रीय अनुशासन समितिमा उजुरी गर्न सक्नेछ ।
ख) आचारसंहिताको उल्लंघन भएको उजुरी वा आरोपको गम्भीरता हेरी आवश्यक छानविनको लागि अनुशासन समितिले एक छुट्टै समिति गठन गर्न सक्नेछ । जसको प्रतिवेदन समेतका आधारमा अनुशासन समितिले निर्णय गर्न सक्नेछ ।
ग) छानविनको आधारमा आचारसंहिता उल्लंघन भएको ठहर भएमा उल्लंघन गर्ने सदस्यलाई आचारसंहिता तथा अनुशासन समितिको नियम २३ अनुसार सजाय गर्न सक्नेछ ।

परिच्छेद–६
अनुशासनसम्बन्धी व्यवस्था

२३. सदस्यता नरहने र कार्यवाही हुने अवस्था

तरुण दलको सदस्यलाई निम्न अवस्थामा अनुशासनको कार्यवाही गरी सजाय गर्न सक्नेछ ।
क) दलको निर्देशनको पालना नगरेमा ।
ख) पटक पटक अनुशासनको उल्लंघन गरेमा ।
ग) दलको आचारसंहिता उल्लंघन गरेमा ।
घ) नेपाली कांग्रेसको उम्मेद्वारको विरुद्धमा प्रचारप्रसार गरेमा ।
ङ) दललाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानी हुने काम गरेमा ।
च) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट दोषी प्रमाणित भएमा ।
छ) सचेत गराउँदा पनि नसुध्रेमा ।

२४. अनुशासन समितिले अपनाउने प्रक्रिया

१. नेपाल तरुण दलको विधान र यस नियमावलीको उल्लंघन कुनै सदस्ले गरेको सूचना कुनै सदस्यले दिएमा वा अन्य कुनै श्रोतबाट जानकारी हुन आएमा देहाय बमोजिम गाउँ, नगर, नगर वडा समितिले जिल्ला कार्य समितिमा सिफारिस गरी जिल्ला कार्य समितिले अञ्चल समितिले केन्द्रीय अनुशासन समितिलाई समपूर्ण सवुत प्रमाण सहित पेश गर्नुपर्नेछ ।
क) गाउँ नगर वा नगर वडा समिति
ख) क्षेत्रीय समिति
ग) जिल्ला कार्य समिति
घ) अञ्चल समिति
२. उपनियम (१) बमोजिमको उजुरी वा दलका सदस्यले आचारसंहिता तथा अनुशासनको उल्लंघन गरेको जानकारी हुन आएमा समिति स्वयंले कार्यवाही अगाडी बढाउन सक्नेछ ।
३. उपनियम (१) र (२) बमोजिम परेका उजुरी र उल्लंघनलाई छानविन गरी केन्द्रीय अनुशासन समितिले दलको विधान र नियमावलीको अधिनमा रहि बढीमा २ महिनाभित्र निर्णय गर्नेछ ।
४. कुनै पनि सदस्यलाई कारवाही गर्नुअघि केन्द्रिय अनुशासन समितिले देहाय बमोजिमको प्रक्रिया अपनाउने छ ।
क) स्पष्टीकरण माग्ने ।
ख) आवश्यक देखिएमा छानविनका लागि सम्बन्धित व्यक्तिलाई झिकाउन वा स्थलगत जाँचबुझका लागि आधिकारिक प्रतिनिधि खटाउने ।
५. उपनियम (४) अनुसार कारबाही गर्दा सफाइको उचित मौका दिनुपर्नेछ ।
६. केन्द्रीय आचार संहिता तथा अनुशासन समितिले आवश्यक देखेमा जसका उपर उजुरी परेको छ त्यस्ता सदस्यलाई निर्णय नभएसम्मका लागि निलम्बन गरी कारबाही चलाउन सक्नेछ ।

२५. सजायसम्बन्धी व्यवस्था

१. कार्यवाहिमा परेका सदस्यहरूले स्पष्टिकरण नै नदिने वा तोकिएको स्पष्टिकरण दिए पनि सन्तोषजनक रूपमा स्पष्टिकरण नदिने सदस्यलाई कसुरको मात्रा र गम्भीरतालाई दृष्टिगत गरी केन्द्रीय अनुशासन समितिले देहाय बमोजिम कुनै एक सजायको निर्णय गरी केन्द्रीय समितिलाई जानकारी गराउने छ ।
क) सचेत गराउने ।
ख) दलको काम कार्यवाही गर्नबाट प्रतिबन्ध लगाउने ।
ग) दलको सदस्यताबाट निलम्बनमा राख्ने ।
घ) दलको विभिन्न तहको पदमा निश्चित समयसम्म उम्मेदवारी दिन नपाउने व्यवस्था ।
ङ) दलको सदस्यताबाट बढिमा एक वर्षसम्म निलम्बन गर्ने ।
२. उपनियम (१) को क, ख, ग र घ मा उल्लेखित सजाय पाएको सदस्यले पुनः सोही कसुर गरेको ठहरेमा त्यस्तो सदस्यलाई भविष्यमा समेत अयोग्य हुने गरी निष्काशन गर्न सकिनेछ ।

२६. पुनरावेदनसम्बन्धी व्यवस्था

१. केन्द्रीय तथा अनुशासन समितिले गरेको निर्णयमा चित्त नबुझेको व्यहोरा उल्लेख गरी ३० दिनभित्र केन्द्रीय कार्य समिति समक्ष पुनरावेदन गर्न सक्नेछ ।
२. पुनरावेदन गर्ने म्याद सजाय पाएको सदस्यले केन्द्रीय आचारसंहिता तथा अनुशासन समितिको निर्णय सहितको प्रतिलिपि प्राप्त गरेको वा केन्द्रले त्यस सम्बन्धमा सूचना प्रकाशित गरेका मितिबाट प्रारम्भ भएको मानिनेछ ।
३. उपनियम (१) अनुसार परेको पुनरावेदनको किनारा सामान्यतया २ महिनाभित्र केन्द्रीय कार्य समितिले गर्नेछ ।
४. केन्द्रीय समितिले पुनरावेदनको कार्यवाहि र किनारा लगाउने प्रक्रिया कार्य समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
५. पुनरावेदनसम्बन्धी अन्तिम निर्णयको अभिलेख सम्बन्धित सदस्यको दर्ता किताबको कैफियत महलमा जनाई राखिनेछ ।

२७. सल्लाहकार समिति

नेपाल तरुण दलको कुनै पनि तहको कार्य समितिले आवश्यकता अनुसार सल्लाहकार समिति र आमन्त्रित सदस्यहरुको चयन गर्न सक्ने । सल्लाहकार समितिका सदस्य एवम आमन्त्रित सदस्यहरुलाई निर्णयार्थ मताधिकार रहने छैन ।

२८. विशेष परिस्थिती

नेपाल तरुण दलको विधानको धारा ४५ को बाधा अड्काउ फुकाउने अधिकारको प्रयोग गरी अन्य युवा संगठनबाट नेपाल तरुण दलमा प्रवेश गर्ने सदस्यहरुको हकमा, परित्याग गरेका युवा संगठनमा रहेको भूमिका र तहको आधारमा नेपाल तरुण दलको सोही तहको कार्य समितिले निर्णय गरी उपयुक्त जिम्मेवारी दिन सक्ने छ ।
नोट ः आरक्षित वर्ग भन्नाले मुस्लीम,अल्पसंख्यक,पिछडा वर्ग,सहिद परिवार,तेस्रो लिङ्गी,अपाङ्ग र सिमान्तकृतलाई बुझाउने छ ।
समाप्त

अनुसूची १

नेपाल तरुण दल
केन्द्रीय कार्यालय, काठमाडौं
(विधानको परिच्छेद ३ धारा ४ बमोजिमको प्रारम्भिक सदस्यको लागि आवेदन)

क्रम संख्या………………… मिति………………..

……………………….अञ्चल…………………………जिल्ला…………………… गा.वि.स.÷न.पा वडा नं. ……………. बस्ने वर्ष……………को ……………… पेशामा संलग्न म…………………… ले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र तरुण एकतामा आस्था एवम् विश्वास राखी दलको विधान र नियमावली भित्र रही कार्य गर्न मञ्जुर गर्दै प्रारम्भिक सदस्यता शुल्क रू. १५।– बुझाई नेपाल तरुण दलको प्रारम्भिक सदस्यता÷नविकरणका लागि आवेदन गर्दछु ।
……………………………… ……………….
आवेदन स्वीकृत गर्नेको सही आवेदकको सही

अनुसूची २

नेपाल तरुण दल
केन्द्रीय कार्यालय, काठमाडौं
प्रारम्भिक सदस्यता प्रमाण–पत्र

प्रा.स.नं. …………………… मिति………………………………

……………………….अञ्चल…………………………जिल्ला…………………… गा.वि.स.÷न.पा वडा नं. ……………. बस्ने वर्ष……………को ……………… पेशामा संलग्न म……………………………………. ले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र तरुण एकतामा आस्था एवम् विश्वास राखी दलको विधान र नियमावलीभित्र रही कार्य गर्न मञ्जुर भएकोले प्रारम्भिक सदस्यता शुल्क रू. १५।– लिई नेपाल तरुण दलको प्रारम्भिक सदस्यता प्रदान गरिएको छ ।
……………………………… …………………….. ……………………..
सदस्यता प्रदान गर्नेको सही जिल्ला अध्यक्षको सही केन्द्रीय अध्यक्षको सही

अनुसूची ३
नेपाल तरुण दल
पूर्णकालीन सदस्यताका लागि आवेदन फारम

क्र.सं.ः

श्रीमान् केन्द्रीय अध्यक्ष ज्यू,
लोकतन्त्रको स्थायित्व र समतामुलक समाजको निर्माणका लागि नेपाल तरुण दलको सिद्धान्त र आदर्श प्रति समर्पित रहदै यसको उद्देश्य पुरा गर्ने दृढ संकल्पका साथ दलको विधान नियमावली पालना गरी तोकिएको नियमित शुल्क र आवेदन शुल्क रू. ७०।– बुझाउन मन्जुर भई नेपाल तरुण दलको पूर्णकालिन सदस्यता प्राप्त गर्न निम्न विवरण उल्लेख गरी यो आवेदन गर्दछु ।
जय नेपाल
निवेदकको हस्ताक्षर ः–
नाम ः–

१. व्यक्तिगत विवरण
१.१. पूरा नाम थरः–
१.२. बावुको नाम थरः–
आमाको नाम थरः–
पति÷पत्निको नाम थरः–
१.३. जन्म मितिः–
१.४. शैक्षिक योग्यताः–
१.५. पेशा ः…………लिङ्ग………जातः…………धर्म………. भाषा ……..
१.६. ठेगानाः ः………………………अञ्चल ……………………… जिल्ला
निर्वाचन क्षेत्र नं……………………..न.पा.÷गा.वि.स. वडा नं………
फ्याक्स ः…………………. फोन नं. ः…………….. इमेलः………….

विदेशमा कार्यरतहरुका लागि
देशको नामः– फोन नं.÷फ्याक्सः
पत्राचार ठेगानाः– ईमेलः–
२. राजनैतिक विवरण
२.१ नेपाली कांग्रेसको भातृ संस्था ……. मा संलग्न भएको भए मिति ……
२.२ नेपाली कांग्रेसमा संलग्नता प्राप्त गरेको मिति ………………………..
२.३ राजनैतिक जीवनमा भोगेका यातना, जेल, निर्वासन आदिको विवरणः
………………………………………………………………………………
………………………………………………………………………………..
२.४. निर्वाह गरेका पदीय दायित्वहरुः
क) ……………………………………………………………………
ख) …………………………………………………………………….
ग) ………………………………………………………………………
घ) ……………………………………………………………………..
२.५. सामाजिक तथा रचनात्मक कार्यमा संलग्न भए सो को विवरणः
………………………………………………………………………………
……………………………………………………………………………..
३. माथि उल्लेखित विवरण ठिक साँचो हो । निवेदक ……………लाई नेपाल तरुण दलको पूर्णकालिन सदस्यता प्रदान गर्न योग्य ठह¥याई……… महानगर÷उपमहानगर÷नगर÷गाउँ समितिले मिति………………….मा गरेको निर्णय अनुसार पूर्णकालिन सदस्यता प्रदान गर्न प्रस्ताव गर्दछु ।

…………………..
अध्यक्ष
कार्यालयको छाप

४. ………………महानगर÷उपमहानगर÷नगर÷गाउँ समितिले प्रस्ताव गरेको ……………….लाई पूर्णकालिन सदस्यता प्रदान गर्न जिल्ला कार्य समितिको मिति……………… को निर्णयानुसार अनुमोदनका लागि सिफारिस गर्दछु ।

……………..
कार्यालयको छाप जिल्ला अध्यक्ष

५. उपयुक्त विवरण बमोजिमका………..लाई पूर्णकालिन सदस्यता दिन रितपूर्वक प्रस्ताव र सिफारिस भै आएकोले नेपाल तरुणदलको विधान २०१० (२०५५ मा पुर्नलेखन, २०५८ र २०६१ मा संशोधित र परिमार्जित) अनुसार पूर्णकालिन सदस्यता दिन उपयुक्त देखिएकोले स्वीकृति प्रदान गरिन्छ ।,
स्वीकृति गर्नेको हस्ताक्षर ः………………………… पदः…………………….
नाम ः………………………….. मितिः………………….
६. आवेदकको पूर्णकालिन सदस्यता नं.ः……………………………………
नोट ः आवेदकले हालसालै खिचेको २ प्रति पासपोर्ट साइजको फोटो यस फाराम साथ वुझाउनु पर्ने छ ।

अनुसूची ३ (क)

नेपाल तरुण दल
पूर्णकालिन सदस्यताको नविकरणका लागि
आवेदन फारम

क्र.सं.ः
मिति ः……………………………..

श्रीमान् केन्द्रीय अध्यक्ष ज्यू,
………………अञ्चल ………………….. जिल्ला ……………… गा.वि.स.÷न.पा. वडा नं……….बस्ने वर्ष……..को नेपाल तरुण दलको पूर्णकालिन सदस्यता नं…………….. को म ……………. ले नेपाल तरुण दलको विधान र नियमावली बमोजिम निरन्तर रुपमा काम गर्दै आएको र आगामी दिनमा पनि दलप्रति निरन्तर रुपमा क्रियाशील रहने प्रतिबद्धताका साथ पूर्णकालिन सदस्यता नविकरणका लागि नविकरण शुल्क रु. ७०।– बुझाई यो आवेदन गर्दछु । दलको विधान र नियमावली बमोजिम दलको सदस्यताका लागि अयोग्य हुने कुनै अवस्था नरहेको भन्ने जानकारी गराउँदछु ।
जय नेपाल
……………………..
आवेदकको हस्ताक्षर
प्रस्ताव गर्नेको सिफारिस गर्नेको
हस्ताक्षरः– हस्ताक्षरः–
नामः– नामः–
पदः– कार्यालयको छाप पदः– कार्यालयको छाप
निकायः– निकायः–
मितिः– मितिः–

स्वीकृत गर्नेको
हस्ताक्षरः–
नामः–
पदः– कार्यालयको छाप
निकायः–
मितिः–

नोट ः यो फारम पेश गर्दा आफ्नो पूर्णकालीन सदस्यताको प्रमाण–पत्र यसै साथ पेश गर्नु पर्ने छ ।
अनुसूची ४

नेपाल तरुण दल
केन्द्रीय कार्यालय, काठमाण्डौं

पूर्णकालीन सदस्यताको प्रमाण–पत्र

पू.स.नं.
राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र तरुण एकताप्रति समर्पित भई नेपाल तरुण दलको विधान र नियमावलीप्रति प्रतिबद्ध रहनु भएका ………….. अञ्चल………….. जिल्ला …………….. न.पा.÷गा.वि.स. वडा नं…………. मा वस्ने तपाई श्री……………………………..लाई नेपाल तरुण दलको पूर्णकालिन सदस्यताको प्रमाण–पत्र प्रदान गरिएको छ ।
जय नेपाल

……………………..
मिति ः केन्द्रीय अध्यक्ष
पूर्णकालिन सदस्यता नविकरण गरेको विवरणः
क्र.सं. मिति नविकरण गर्नेको हस्ताक्षर कार्यालयको छाप
१.
२.
३.
४.
अनुसूची ५
नेपाल तरुण दल
पूर्णकालीन सदस्यको नामावली दर्ता विवरण

………………….. गाउँ÷नगर÷समितिको कार्यालय
क्षेत्र नं. ………………………… जिल्ला
क्र.सं. पु.स.नं. पूर्णकालीन सदस्यको पुरा नाम थर बाबु÷पतिको नाम थर उमेर पेशा लिङ्ग पहिलो पटक पूर्णकालीन सदस्य बनेको वर्ष कैफियत
अनुसूची ६
नेपाल तरुण दल
ठाउँसारी निवेदन
श्रीमान् अध्यक्ष ज्यू,
…………………….समितिको कार्यालय

विषय ः ठाउँ सारी विवरण पठाइदिने ।

त्यस समितिको अभिलेखमा रहेको दलको सदस्यता सम्बन्धी मेरो विवरण तपसिल अनुसारको ठाउँमा पठाइ सम्बन्धित सबै निकायमा जानकारी गराइदिनु हुन अनुरोध गर्दछु ।
जय नेपाल ।
मिति ः हस्ताक्षर ः
नाम ः
प्रारम्भिक सदस्यता नं. ः
पूर्णकालीन सदस्यता नं.
सावीकको ………………………………….. गाउँ÷नगर, वडा नं. ……………….. क्षेत्र नं. ………………… जिल्ला …………………………………….
सदस्यता सार्न चाहेको ठाउँ
…………………… जिल्ला क्षेत्र नं. ……………………. गाउँ÷नगर ………… वडा नं. ……………………… टोल …………………
वोद्यार्थ तथा कायार्थ
श्री अध्यक्ष
………………………जिल्ला कार्य समितिको कार्यालय
नेपाल तरुण दल